नेपाली जनताले लोकतन्त्र पाएको अस्ति सत्र वर्ष पूरा भएको छ । गणतन्त्रमा देश गएको पनि आउँदो जेठ १५ गते पन्ध्र वर्ष पुग्दैछ । यो सत्र वर्षमा तीनवटा राजनीतिक दलहरू देशमा सर्वेसर्वा भए । यी राजनीतिक दलहरूका पनि दुई-दुईजना नेताहरूको कब्जामा देश रहृयो भन्न सकिन्छ । नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा, नेकपा एमालेका केपी ओली र माधव नेपाल अनि नेकपा माओवादीका पुष्पकमल दाहाल र बाबुराम भट्टराईकै वरिपरि नेपाल देश र नेपाली जनता घुमिरहे भन्दा अत्युक्ति हुँदैन । झलनाथ खनाल एवं उपेन्द्र यादवलगायतका केही मधेसी नेताहरू परिदृश्यमा आए पनि उनीहरू सहयोगी पात्रका रूपमा मात्रै सीमित रहन पुगे ।
यो सत्र वर्षमा जनताले एउट अधिकार भने पाएका छन्, त्यो हो प्रश्न गर्ने । प्रश्न गर्न त पाउँछन् तर उत्तर दिनुपर्नेले कहिल्यै सुन्दै सुन्दैन । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भने झैँ जनता रोई रहेका छन् तर सम्बोधन गर्नुपर्नेहरू चिरनिद्रामा छन् । महाभारतकालीन अर्जुनले वाण हान्दा चराको आँखाबाहेक केही नदेखे झैँ सत्तामा बसेकाहरू एकोहोरो आफ्नो र आफ्ना परिवारको समुन्नति र समृद्धिलाई मात्रै लक्ष्य बनाएर कर्मशील छन् । देशको आवश्यकताका आधारमा होइन, सत्ता परिवर्तन शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड तीन जनाकै लोभका आधारमा हुन्छ भने सत्ता विघटन पनि तीनजना नेताकै झोकमा हुने गरेको छ । देश र जनता जतासुकै जाऊन् ।
लोकतन्त्रलाई नेताहरूको स्वार्थसिद्धिको माध्यम बनाइयो । राजनीतिक दलहरूका नेता र कार्यकर्ताहरूको मागी खाने भाँडाको रूपमा लोकतन्त्रलाई प्रयोग गरियो । देशको समुन्नति र जनताको समृद्धिमा केन्द्रित गरिनुपर्ने लोकतन्त्रलाई कुशासन, भ्रष्टाचार र अराजकताका लागि उपयोग गरियो । परिवारवाद, नातावाद र कृपावादको अनुपम उदाहरण दिन मिल्ने व्यवस्थाका रूपमा लोकतन्त्रलाई स्थापित गराइँदै आइयो ।
लोकतन्त्र विशेषतः विधिको शासन हो । लोकतन्त्रमा जनताको अभिमत बमोजिम सत्तामा पुगेकाहरूले शासन गर्नुपर्ने हो । संविधान, ऐन, नियम र कानुनहरूको परिधिभित्र रहेर प्रधानमन्त्री, मन्त्रीहरूले सत्ता चलाएमा नै लोकतन्त्रात्मक परिपाटीको अनुभूति हुनसक्दछ । विचार, सिद्धान्त र मान्यताहरूका आधारमा प्रणाली बसाइनु र स्थापित प्रणालीका आधारमा सत्ता परिचालन हुनुलाई नै लोकतन्त्र भनिन्छ ।
लोकतन्त्रात्मक व्यवस्था मात्रै त्यस्तो व्यवस्था हो जसले विश्वव्यापी मान्यता पाएको छ । आजसम्मका मितिमा लोकतन्त्रको विकल्प भनेको उत्तम लोकतन्त्रलाई मात्रै मानिएको छ । तानाशाही, एकतन्त्रात्मक, कम्युनिज्म जस्ता व्यवस्था भएका देशहरूमा त्यहाँका जनताहरूले विकल्प खोज्ने गरेको र विकल्पका रूपमा लोकतान्त्रिक व्यवस्थालाई स्वीकार गरेको पाइन्छ तर लोकतन्त्रात्मक परिपाटीबाट कम्युनिज्म वा अरू कुनै परिपाटीमा परिवर्तन भएको पाइँदैन ।
नेपालमा भने लोकतन्त्रलाई नेताहरूको स्वार्थसिद्धिको माध्यम बनाइयो । राजनीतिक दलहरूका नेता र कार्यकर्ताहरूको मागी खाने भाँडाको रूपमा लोकतन्त्रलाई प्रयोग गरियो । देशको समुन्नति र जनताको समृद्धिमा केन्द्रित गरिनुपर्ने लोकतन्त्रलाई कुशासन, भ्रष्टाचार र अराजकताका लागि उपयोग गरियो । परिवारवाद, नातावाद र कृपावादको अनुपम उदाहरण दिन मिल्ने व्यवस्थाका रूपमा लोकतन्त्रलाई स्थापित गराइँदै आइयो । देश भनेको राजनीतिक दलहरूका लागि मात्रै हो र देशका साधनस्रोतहरू भनेका दलका नेताहरूका पेवा हुन् भन्ने मान्यता स्थापित गराइयो । फलतः कहीँ कसैले खोट लगाउन नसक्ने व्यवस्थालाई नेपालमा भने प्रश्नै प्रश्नहरूले घेर्ने अवस्थामा पुर्याइयो ।
पछिल्लो दशक जम्मा तीनवटा राजनीतिक दलहरूको कब्जामा देश रहृयो । राजनीतिक भाषामा कब्जामा भन्न हुन्थेन, ती दलहरू सत्तामा रहे भन्नु पर्दथ्यो तर उनीहरूका क्रियाकलापले कब्जा शब्द प्रयोग गर्नुपर्ने अवस्थामा पुर्याए । तीन दल भनेर ती दलका सबै नेताहरूलाई दोष दिनुपर्ने पनि छैन किनकि ती दलका तीन जना नेताले नै गर्न हुने पनि गरे, नहुने पनि गरे । कांग्रेसका देउवा, एमालेका ओली र माओवादी केन्द्रका प्रचण्डकै झोक र लोभमा नेपाली जनता र नेपाल फस्दै आयो । राम्रो भएको पनि उनीहरूकै कारण हो र नराम्रो जतिको पनि सबै उनीहरूले नै यश-अपयश भोग्नुपर्ने अवस्था बनाइएयो । राम्रोभन्दा नराम्रा कामहरू नै बढी भएकाले आम नागरिकमा लोकतन्त्रप्रति वितृष्णा बढ्न गएको छ ।
गणतान्त्रिक देशको प्रथम राष्ट्रपति हुने लोभमा प्रचण्ड र उपेन्द्र यादवका अनुचित कुराहरूलाई पनि गिरिजाप्रसाद कोइरालाले मान्दै जाँदा देशमा अपनाउनै नहुने निर्वाचन प्रणाली, अनावश्यक प्रादेशिक संरचनाहरू खडा भएको कुरालाई कसैले नकार्न सक्दैन । देउवाको उद्देश्य भनेको ज्योतिषले भने बमोजिम कसरी सात पटक प्रधानमन्त्री भएर विश्व रेकर्ड कायम गर्ने भन्ने मात्रै छ ।
श्रीमान् प्रधानमन्त्री हुँदा श्रीमान्को भन्दा श्रीमतीको बढी रजगज हुने व्यवस्थामा लोकतन्त्रलाई परिणत गरियो । बाबुआमा वा सासूससुरा मन्त्री भए भने लाभको पदमा पहिलो प्राथमिकता छोराछोरी वा बुहारी-ज्वाइँहरूले पाउने अवस्था पछिल्लो दशकमा हावी हुन पुग्यो । नाता लाग्दैन भने बोरामा पैसा बोकेर गएमात्रै नियुक्ति पाउने सम्भावनाहरू बढ्दै गए । पञ्चायतकालमा टेबुलमुनिबाट भन्ने चलनलाई टेबुलमाथि मात्रै होइन पारदर्शीरूपमै खान पाइने अवस्था सिर्जना गरियो । जो बढी भ्रष्टाचारी छ, समाजमा उसैको बढी मानसम्मान र इज्जत हुने दिनहरू आएका छन् । यस्तै विकृतिहरूले गर्दा लोकतन्त्र दुब्लाउँदै गएको छ भने दुष्प्रवृत्ति बोकेकाहरू मोटाउँदै गएका छन् ।
गणतान्त्रिक देशको प्रथम राष्ट्रपति हुने लोभमा प्रचण्ड र उपेन्द्र यादवका अनुचित कुराहरूलाई पनि गिरिजाप्रसाद कोइरालाले मान्दै जाँदा देशमा अपनाउनै नहुने निर्वाचन प्रणाली र अनावश्यक प्रादेशिक संरचनाहरू खडा भएको कुरालाई कसैले नकार्न सक्दैन । देउवाको उद्देश्य भनेको ज्योतिषले भने बमोजिम कसरी सात पटक प्रधानमन्त्री भएर विश्व रेकर्ड कायम गर्ने भन्ने मात्रै छ । ओलीको लोभ भनेका बाँचुञ्जेल एमालेका अध्यक्षमा रही देश आफ्नै वरिपरि घुमाउने मात्रै देखिएको छ । प्रचण्डको सम्पूर्ण राजनीति निरन्तर सत्तामा रहनुमा मात्रै केन्द्रित रहने गरेको भन्दा शायद कसैले आपत्ति नजनाउला । यिनै तीन नेताहरूको लोभमा देश डुबिरहेको छ र यसलाई तार्न सक्ने वा तार्न प्रयास गर्ने हिम्मतवाला नेता निस्किएको पनि देखिएको छैन ।
अर्काको इज्जत गर्ने व्यवस्था लोकतन्त्र हो । आफूले नसके अरुलाई सत्ता चलाउन दिने व्यवस्था यही नै हो । आइपरेका दुःखकष्ट र अप्ठेराहरू भोग्ने भनेको नेता र राजनीतिक दलहरूले हो तर त्यस्ता पीडाहरूबाट जनतालाई मुक्त राख्न दलहरू र नेताहरूले हरदम प्रयत्न गर्ने व्यवस्था यही लोकतन्त्र नै हो । नेपालमा भने कष्ट, पीडा, दुःख, अन्याय जस्ता शब्दहरू जनताले मात्रै थाहा पाउने गरेका छन् । सुख, शान्ति, समृद्धि जस्ता कुराहरू नेताहरूका दैलामा मात्रै भेटिने र अभाव, रोग, भोक आदि जनताका आँगनमा नाचिरहने अवस्था सिर्जना गरिएको हुँदा जति उत्कृष्ट भने पनि नेपालमा लोकतन्त्रको खिल्ली उडाउनेहरू सक्रिय हुनथालेका छन् ।
आफू सत्ताबाट बाहिरिने अवस्था आए संविधान, व्यवस्था, कानुन केही नदेख्नेहरूको हातमा सत्ता रहँदै आयो । क्रान्तिमा संलग्न दोस्रो, तेस्रो पुस्ताका नेताहरू समेत अवसरको लोभले गैरकानुनी काम हुँदाहुँदै पनि नेतृत्वको विरोध गर्न डराए । त्यसैले आफू सत्ताबाट बाहिरिँदा संसदै भंग गर्ने प्रवृत्ति झाँगिँदै गयो । न शेरबहादुर यसबाट बचेका छन् न केपी ओली नै । ओली त सबैभन्दा दुई कदम अघि बढेर सर्वोच्च अदालतले संसद् विघटन अवैधानिक भन्दाभन्दै पनि दुई पटक संसद् भंग गरी कानुनको नै धज्जजी उडाउने अराजक हिम्मतदार नेतामा गनिन पुगे । देश, लोकतन्त्र, संसद्, जनता आदि सबैलाई नेताहरूको झोक फेर्ने थलो बनाइयो । यसैका कारण किमार्थ सम्भव नहुने र बोल्नै नहुने राजतन्त्रको नारा लिएर मान्छेहरू सदनमा नारा लगाउन र खुलेयाम सडकमा दौडिन थालेका छन् ।
आफूमात्रै सांसद् भएर नपुग्ने, श्रीमतीलाई पनि संसद्मा लैजानै पर्ने लोभ नेताहरूमा जाग्दै गयो । मन्त्री पद पाएरमात्रै नपुग्ने, कमाउवाला मन्त्रालय नै राजनीतिक दलहरूको चाहनामा पर्दै गए । जनताले काम फत्ते गर्न नेतालाई भेट्नु अघि नेतापत्नीलाई भेट्नै पर्ने थिति बसालियो । वैयक्तिक कामका लागि मात्रै होइन, सामाजिक कामका लागि समेत नजराना चाहिने अवस्था खडा गरिएको छ । कुनै पनि सरकारी कार्यालयमा गएर चिनजान नभएको र रित्तो हात पुगेकाले समयमै काम सम्पन्न गर्न सक्ने अवस्थै छैन । यस्ता क्रियाकलापहरूले असन्तोषको पहाड ठडिन पुगेको छ, कहिले विष्फोट हुन्छ कसैले अनुमान गरेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच