
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १७औँ नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला हुने भएको छ । वैशाख १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने मेला नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा दुर्ई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौताबमोजिम यसपटक नेपालमा हुन लागेको हो । नेपाल चीन (तिब्बत) बीच दुर्ई पक्षीय आर्थिक र व्यापारिक सम्बन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ ।
मेलामा तिब्बतका सरकारी प्रतिनिधिका रूपमा तिब्बत सरकारका उपाध्यक्ष लाङ फुकुवानको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलसहित करिब एक सय २० जना व्यापारी प्रतिनिधिको सहभागिता रहने र तिब्बतका ५० स्टल रहने बताइएको छ ।
तिब्बतका स्टलमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरण, घरायसी प्रयोगका साधन, कार्पेट, पेयपदार्थ, परम्परागत हस्तकला, परम्परागत धुप, दुर्ईपांग्रे, तीनपांग्रे र चारपांग्रे विद्युतीय सवारीसाधन, सौन्दर्य प्रशोधनलगायत रहने बताइएको छ ।
नेपालतर्फबाट रहने १५ स्टलमा जडीबुटी, सुगन्धित तेल, कफी, चिया, हस्तकला/काष्ठकला, धातुकला, कार्पेट, पश्मिनालगायत रहने आयोजकले जनाएको छ । मेलाकै अवसरमा दुर्ई पक्षबीच बिटुबी, बिटुजी, र जिटुजी लगायत व्यावसायिक मिटिङको आयोजना हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच