अल नासरको जितमा रोनाल्डोको उच्च प्रदर्शन

Read Time = 2 mins

साउदी । फरवार्ड क्रिष्टियानो रोनाल्डोको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा जित हात पारेको छ । अल नासरले घरेलु मैदानमा अल तावोनलाई २-१ ले पराजित गर्दा रोनाल्डोले दुवै खेलमा सहायक गोलकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

अल नासरको जितमा अब्दुल रहमान घारिव र अब्दुल्लाह मादुले गोल गर्नुभयो । अल तावोनका अल्भारो मेडरनले गोल फर्काउनुभयो । खेलको १७औँ मिनेटमा अब्दुल रहमान घारिवले गोल गर्दै अल नासरलाई १-० को अग्रता दिलाउनुभएको थियो ।

४७औँ मिनेटमा अल्भारो मेडरनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । ७८औँ मिनेटमा अब्दुल्लाह मादुले गोल गर्दै अल नासरको जित पक्का गर्नुभयो । यसै सिजनमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर साउदीमा आउनुभएका रोनाल्डोले प्रो लिगमा चार खेलमा पाँच गोल र दुई असिस्ट दिइसक्नुभएको छ । उहाँले अघिल्लो खेलमा हृयाट्रिकसहित चार गोल गर्नुभएको थियो ।

यस जितसँगै अल नासर १७ खेलबाट ४० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ४० अंक नै रहे पनि अल इतिहाद र अल सवाव गोल अन्तरमा पछि छन् । अल सवावले एक खेल बढी खेलेको छ । पराजित अल तावोन ३० अंक जोडेर पाँचौँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?