डा.बलदेव शर्मा अधिकारी उर्फ गाउँले बलदेव (विद्यावारिधि) ले लामो समयको साधनापछि यतिखेर ‘भाषा भगवान् हुन् र भगवान् भाषा हुन्’ भन्ने निष्कर्षमा शास्त्रीय प्रमाणहरूलाई जुटाउँदै चारसय चार पृष्ठको एक गहकिलो ग्रन्थ प्रकाशनमा ल्याएका छन् । २०८० सालको स्वस्थानी पूूर्णिमाको पावन तिथि शुुभसाइत बनाई अक्षरालय भाषा प्रतिष्ठान नयाँ नैकाप काठमाडौंमा विधिवत् प्रमुख अतिथि गङ्गामाया अधिकारीका करकमलबाट विमोचनकार्य सुुसम्पन्न भयो । विनातामझाम पृथक् शैलीबाट लोकार्पित सो कृतिका प्रकाशन उत्प्रेक पुरुष राजन अधिकारीले ‘भाषा के हो ?’ भन्ने दुुई पेजको भूमिकाभित्र भाषाको सारगर्भिता र लेखकको ‘भाषा भगवान् हुन् र भगवान् भाषा हुन्’ भन्ने सङ्कथनलाई सिद्ध गरेर हार्दिक शुुभकामना व्यक्त गरेका छन् । अनि चार पृष्ठमा लेखक स्वयंले आफ्नो भनाइ ‘तेह्र वर्षको तपष्फल’ शीर्षकमार्फत गुुरुदेवको चरणारविन्दमा प्रणाम चढाउँदै समुुत्प्रेरक कृपालुु परमात्मामा भक्तिभावले शरण परेका छन् ।
आफ्नो व्यष्टि अहङ्कारलाई मलजल गर्नेमा विश्वविख्यात भाषा- वैज्ञानिक अब्राहम नोम चोम्स्की र उहाँको अन्तर्वार्ताकार (जो वेलरी रोसले २०११ इ.सं.मा प्रसिद्ध विज्ञान पत्रिका ‘डिस्कभर’) लाई शैक्षणिक सामग्री बनाएको र जसलाई नेपाली विद्वान् शरच्चन्द्र वस्तीले भाषान्तर गरिदिनुु भएकोमा धन्यवाद दिएका छन् । अध्येता एवं शोधक गाउँलेको मनमस्तिष्कमा भाषा के हो ? भाषा किन बन्यो ? र भाषा कसरी बन्यो ? भन्ने तीन प्रश्नले सधैँ चिमटेकै कारण उनी वर्षौंसम्म घरवास र गुुप्तवासमा चिन्तन-मननमा अभ्यस्त रहेको खुुलासा गरेका छन् ।
पाठकमाझ आत्मीयतापूूर्वक अधिकारीले खुलेर भनेका छन् : ‘कतै उत्रिएको छुु, कतै पुुरिएको छुु, थकाइले लखतरान परेको छुु, हिलाम्ये भएको छुु । भाषाविज्ञानमा भेटिएका अमूूल्य हीरारत्न त उचाल्न सके पो ल्याउनुु ? हीरा छोप्ने हीलो भए पनि अलिकति ल्याएको छुु ।’
उनले आफ्नो हृदयको बोल कत्ति पनि दायाँबायाँ नगरी यसरी बोलेका छन् ‘सृष्टिविज्ञान, मनोविज्ञान, राजनीतिविज्ञान, अध्यात्मविज्ञान प्रभृतिका यावत् ज्ञानविज्ञान र दर्शनको मुहानसमेत भाषाविज्ञानमा देखेर आश्चर्यचकित भएको छु । म चर्कने कमिलो, थाम्न सके पो थामूूँ, कृष्णभीरको पठन-पहिरो ! पहिराले लतारेर जता-जता लग्यो त्यतै-त्यतै गएको छु ।’ पाठकमाझ आत्मीयतापूूर्वक उनी खुलेरै भन्छन् : ‘कतै उत्रिएको छुु, कतै पुुरिएको छुु, थकाइले लखतरान परेको छुु, हिलाम्ये भएको छुु । भाषाविज्ञानमा भेटिएका अमूूल्य हीरारत्न त उचाल्न सके पो ल्याउनुु ? हीरा छोप्ने हीलो भए पनि अलिकति ल्याएको छुु’ । यी कथ्यभित्र उनले आत्म अहंकारलाई आफैले घतिलो चड्कन लगाएर संयमतापूूर्वक केही चीज ल्याएको भने दाबी गरेका छन् ।
जाली र मायावी संसारमा अहङ्कार लिएरमात्र बस्न पाइने र परलोकमा अहङ्काररहित भएरमात्र पस्न पाइने उनको रोचक तार्किक निष्कर्ष छ । पच्चीस सय पृष्ठको उनको यस ग्रन्थलाई चार सय चार पृष्ठमा झार्दा महत्वपूूर्ण प्रमाणहरू छुटे होला कि भन्ने सन्देह पनि प्रकट गरेका छन् । बोधी पाठकहरूलाई परमात्मा सम्झिएर आफ्ना त्रुुटि, कमजोरी र अज्ञानता निफननाफन गरी केलाउन तथा बाह्र वर्ष गर्भभित्र बसेको अर्को निकै श्रम खर्चिएर लेखिएको ‘भाषा विज्ञानमा सृष्टिविज्ञान’ भन्ने ग्रन्थ प्रकाशन गर्न आशीर्वाद पनि मागेका छन् ।
यस ग्रन्थमा विषयवस्तुुलाई पाँच अध्यायमा बाँडिएको छ । पहिलो अध्यायको शीर्षक ‘भाषा नै भगवान् हुुन्, भगवान् नै भाषा हुन् तथा परा भाषा श्रीराधाले सृष्टि स्थिति र संहारको लीला गराउँछिन्’ अन्तर्गत छत्तीसआकर्षक उपशीर्षकमार्फत विभिन्न सबाल उठाएर पाठकका चित्त र दिमागमा झञ्झावातै ल्याइदिने सामथ्र्य राखेका छन् । उपशीर्षकका विषयहरूको सूचीका केही बोलहरू : स्वर्गनरक, आत्मापरमात्मा, भगवान्-सगवान् केही पनि छैन ? भन्ने प्रश्न र जिज्ञासामा प्राचीन चार्वाक् र चर्चित आधुनिक चार्वाक् (कार्लमाक्र्स) को भौतिकवादी द्वन्द्वात्मक सिद्धान्तलाई सूूत्रात्मक रूपमा उठान गरी सन्दर्भ ग्रन्थ र दृष्टान्त दिएर आमपाठकका मस्तिष्क परिमार्जन गर्न कम्मर कसेका छन् ।
त्यसै गरी अन्य उपशीर्षकहरूमा भगवान्लाई किन भगवान् भनिएको हो ? भाषाको सामान्य परिचय : भाषा शब्द भगवान् अर्थ ! प्रकृति-भाषा : रस पुरुष भगवान् रसवान् ! वेदभाषा भगवान् स्वयम्भूू नारायण ! धर्म मूूल वेदका छ अङ्ग तीनमात्र अनि तीन काण्ड : इतिहास र पुराण पञ्चम वेद ! श्रीमद्भागवत् महापुराण भगवान् श्रीकृष्णको भाषामूर्ति ! भाषाको नाम शब्द भगवान् ! भाषाका नाम : भगवान्का रूप र धाम ! भाषाका धातु : भगवान्, प्रत्यय : विश्वास ! व्याकरण चाहिँ नपढी नहुने किन ? व्याकरणका तीन लिङ्ग सित त्रिगुुणात्मक लिङ्गको सम्बन्ध ! व्याकरणको काल र द्वन्द्व समाससमेत भगवान् श्रीकृष्ण ! भाषाको व्याकरण मुक्तिदाता भगवान् ! आमाले बोल्ने मातृभाषा : मातृभाषा ! माता तथा मातृभाषा : भगवती राधा ! वैदिक सनातन शास्त्रमा मातृशक्ति नारीको सर्वोच्चता ! राधाको नाम नलिई कृष्णको नाम लिँदै नलिनूः, मातृभाषा नारीशक्तिसमेत श्रीकृष्ण ! यसरी लेखकले स्थूल रूपमा बुुझाउँन भाषा र भगवान्लाई एकै सिक्काका दुुई पाटा वा नङमासुको सम्बन्ध देखाउने भगीरथ प्रयास गरेका छन् । सरलबाट जटिलतिर वा स्थूलबाट सूूक्ष्मतिर भन्ने सिद्धान्तसित निकट पनि छन् यिनका लेखमाला ।
त्यसै गरी ‘परा भाषा श्रीराधाले सृष्टि स्थिति र संहारको लीला गराउँछिन्’ शीर्षकभित्र क्रमशः सृष्टि, स्थिति र संहार गराउने परा भाषा भगवती राधा ! मायाविनी भाषा, भगवतीमै सृष्टिशक्ति माया ! सृष्टिशक्ति भाषा संगीत र साम ! सृष्टिका आधारभूत पाँच तत्व : द्रव्य, कर्म, काल, स्वभाव र जीव ! वेदभाषाबाट मूल द्रव्यको सृष्टि । भाषाको विसर्ग वर्णसँग सृष्टिकर्ता कर्मको सम्बन्ध । बहृमाजीले भर्खर एकाउन्न वर्षमा टेके । कालातीत पुरुषोत्तम श्रीकृष्णसँग भाषाको सम्बन्ध । सृष्टिविधानमा भाषा-प्रकृति र परम पुरुषको भूमिका । सृष्टिकार्यमा प्रकृतितत्व उपादान कारण । प्रकृति कारण, विकृति कार्य । भौतिक जगत् मन-व्यूह-अन्तर्गत । जड पदार्थ र क्षर पुरुष । सृष्टिलाई जोड्ने स्वभाव-सूत्र पुरुषोत्तम भगवान् र भगवती । कुरान, त्रिपिटक, बाइबल र मुन्धुममा भाषा र भगवान्को सम्बन्धबारे शास्त्रप्रमाणलाई उत्खनन् गरी सुुबोध शैलीमा छिरिलबिरिल भएका छन् ।
दोस्रो अध्यायमा ‘अक्षररूपिणी भाषा-भगवतीले भगवान््देखि ‘भाइरस’ जीवाणुसम्मलाई जन्माउँछिन् ! मूूल शीर्षकमा तीन उपशीर्षक अन्तर्गत बाउन्न सहशीर्षकको माध्यमबाट अक्षरको परिचय, लिपि, अक्षरभित्रै भगवान्को विराट् रूपको दर्शन पाइने शोधी चर्चा उभ्याएका छन् । तेस्रो अध्यायमा : चारै प्रकारका भाषाभित्र (परा, पश्यन्ती, मध्यमा र वैखरी) भगवान् छन् ! भनेर ग्रन्थकारले चार उपशीर्षकमा तेत्तीस सहशीर्षमार्फतचारै प्रकारका भाषाहरूको परिचय, विशेषता र भगवान्को निवास भएको गुुहृयतालाई सहजतापूूर्वक प्रस्तुुति दिएका छन् ।
यसै सन्दर्भमा चौथो अध्यायले ‘भगवान्को दास भक्त र भक्तको दास भगवान्’ मूूल शीर्षक रहेको छ । यसअन्तर्गत ‘जीवात्मा र परमात्माको नित्य सम्बन्ध ! भाषा-भगवतीका सृष्टिस्थिति र प्रलय, शक्ति माया ! भगवान्सित भेट गराउने ज्ञानयोग, कर्मयोग र भक्तियोग ! निराकार परब्रहृमलाई भाषाले साकार बनाइन् ! भगवान् कति छन् र कुन भगवान्को भक्ति किन गर्ने ?’ पाँच सह-शीर्षकमा ग्रन्थकार निख्रिएर शास्त्रीय प्रमाण टेकी विशिष्टीकृत विषयलाई साधारणीकरणमार्फत क्रीडाशैलीमा बोधगम्यता प्रदान गरेका छन् । जुुन अध्यायमा सत्रवटा हाँगासित विषयवस्तुु फैलिएका छन् ।
अध्यवसायी अनुुसन्धाता शर्माको एकलव्य प्रयासको अन्तिम अध्याय वा पाचौँ खण्ड अझ उत्कृष्ट कोटिको हृदय र मस्तिष्क हलचल पार्ने बनेको छ । यसमा नवरङ्गी आभा प्रदान गर्न सफल छन् । भाषा—विज्ञानमा भौतिक दर्शन र अध्यात्म दर्शनको संयोजनलाई ग्रन्थकारले निम्नलिखित बुुँदामार्फत छलफल चलाएका छन् ।
अध्यवसायी अनुुसन्धाता शर्माको एकलव्य प्रयासको अन्तिम अध्याय वा पाचौँ खण्ड अझ उत्कृष्ट कोटिको हृदय र मस्तिष्क हलचल पार्ने बनेको छ । यसको मूूल शीर्षक ‘अग्नि र अग्निको तातोपन : भाषाबाट भगवान् छुुट्टिन्नन् !’ भन्ने मूूल शीर्षकभित्र दुुई हाँगामा नौ उपहाँगा नवरङ्गी आभा प्रदान गर्न सफल छन् । भाषा-विज्ञानमा भौतिक दर्शन र अध्यात्म दर्शनको संयोजनलाई ग्रन्थकारले निम्नलिखित बुुँदामार्फत छलफल चलाएका छन् । क, भौतिक उपकरणले अध्यात्म-विज्ञानको रहस्य पत्ता लाउन नसक्ने ।
ख, भाषा के हुन् ? ग, भाषा किन बनिन् ? घ, भाषा कसरी बनिन् ? ङ, भगवान् शक्तिः समान, रस र स्वाद असमान । त्यसैगरी यही अध्यायको अर्को हाँगाको शीर्षक ‘मायाको : शासन भगवान् र भाषाको अनुशासन’ ले चारवटा बुुँदाबाट यसलाई पुुष्टि गरेको छ । जसमा : क, वैखरी भाषामा सीमारहित राष्ट्रवाद । ख, मध्यमा भाषामा कर्तव्यपरक लोकतन्त्रवाद । ग, पश्यन्ती भाषामा सह-अस्तित्वपरक समाजवाद । घ, परा भषामा निष्काम प्रेमपरक साम्यवाद !
डा.शर्मा के निष्कर्षमा पुुगेका छन् भने सृष्टिविज्ञानदेखि, भौतिक, राजनीतिक, आध्यात्मिक, मनोविज्ञान र दर्शनहरू भाषाविज्ञानमा आधारित छन् । उनी अझ अघि बढेर भन्छन् : भगवान् र भाषाले सत्स्वरूपबाट अन्तरलोकवादको, चित्स्वरूपबाट लोकतन्त्रवादको अनि आनन्दस्वरूपबाट साम्यवादको सन्देश दिएका छन् । तर, मायाले बाँधिएका नर शासकहरूले असत्लाई राष्ट्रवादको, अचित्लाई लोकतन्त्रवाद र द्वन्द्वात्मक भौतिकवादका रूपमा लिएका छन्, यसरी व्यष्टि अहंकारी शासकहरूले राष्ट्रवाद, लोकतन्त्रवाद र साम्यवादका नाममा सर्वसाधारण मनुुष्यलाई धोका दिएका छन् । यसैले अपरा भाषाका सहअस्तित्ववादबाट शाश्वत अन्तर्लोकवाद, लोकतन्त्रवाद र समाजवाद सम्भव छ पराभाषाको निष्काम प्रेमवादविना साम्यवाद असम्भव छ भनेर किटान गरिदिएका छन् ।
यसरी गाउँले बलदेवको यो गहकिलो कृति बुुद्ध, प्रबुुद्ध, सुुबुुद्ध सबै महानुुभावदेखि भाषाविज्ञानका अध्येता, अन्वेषक र जिज्ञासुहरूका लागि पठनीय छ । हुुन त वैराग्यशतकमा भर्तृहरिले बोलेका छन् :
बोद्धारो मत्सरग्रस्ताः प्रभवः स्मय दूूषिताः ।
अबोधोपहताश्चान्ये जीर्णमङ्गे सुुभाषितम् ।।
(बुुझेका मानिसहरू डाह र इष्र्याले ग्रस्त भएका हुन्छन्, प्रभावशाली वा बलिया व्यक्तिहरू अभिमान र घमण्डले दूूषित भएका हुन्छन् सामान्य व्यक्तिहरू (निमुखा, अपठित, मूूर्ख) लाई यसले छुँदैन । त्यसैले त प्रतिभाशालीहरूको अनुसन्धान खोजी र गवेषणाहरू बाहिर आउन नसकेर आफ्नै शरीरमा नष्ट हुन्छ ।) तर, अहिले त भर्खर कलियुुगको प्रथम चरण कोट्टिएको छ, धेरै बोद्धा मान्छेहरू सत्-चित् र आनन्दको परिधिभित्रै छन् । यस्तो गहकिलो ग्रन्थबारे विज्ञहरूमा अवश्य विमर्श परिचर्चा हुने नै छ । अस्तु !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच