
नमागिएको सल्लाह :
अप्रिल ६, का दिन ९ः२५ बजेको बन्दे भारत एक्स्प्रेसबाट अयोध्या यात्रा तय गर्नका लागि हाम्रो टोली दुई थान तीन पांग्रे टेम्पुमा कोचम्कोच गरेर वाराणसी जक्सन रेलवे स्टेशन पुग्यो । भारतको रेल्वे प्रणालीबारे खासै ज्ञान नभएको मेरा लागि यसका ज्ञाता सहयात्री साइरामको पछि लागेर सिक्नलाई लाज मान्नुपर्ने अवस्था थिएन । किनकि, जिन्दगी नै सिकाइको पाठशाला हो । यो पाठशालामा लाज र धक नमानी अनुशासित बनेर जस्ले सिक्न चाहन्छ उसलाई जीवनमा सफलता प्राप्त हुन्छ । सिक्न लाज नमान्नेहरू र काम गराइको गल्तीलाइ पाठ सिकाइ मानेर अगाडि बढेकाहरूको जिन्दगी सफल भएका उदाहरण धेरै फेला पार्न सकिन्छ ।
बन्दे भारत एक्स्प्रेस, ट्रेन नं.२२३४५, कोच ७ को टर्मिनल पत्ता लगाउँन डिस्प्ले बोर्डबाट प्रशस्त जानकारी हुने भए पनि डिस्प्ले गरिएको प्लेटफर्म पत्ता लगाएर भर्यांग चढ्ने उक्लिने काम गर्न, भद्दा गरी कुम्लो कुटुरो बोक्नुपर्ने बानीको दास भएको मेरा लागि सजिलो थिएन । त्यसमाथि पत्नीको अर्को मोटो सुट्केस उकाल्न ओराल्न पनि मद्दत गर्नुपर्ने अवस्थाले आफ्नो कुम्ले बानीलाई देखेर आफैंसँग वाक्क लागेर आयो । स्वचालित भ¥याङ नभएको होइन तर यस्तो सुविधा सबै ठाउँमा उपलब्ध नहुँदा पाएको सास्तीलाई मध्यनजर राखेर अबको यात्रालाई हल्का बनाउने सोच बनाए पनि पियक्कडले भोलिदेखि नपिउने प्रण गरेजस्तै हुने खतरा त छँदैछ ।
सरयू नदीमा सरर चलेको हावा, हातमा लिँदा सफा देखिने पानी, अन्य टोलीले नौका विहारबाट लिएको आनन्द, घाटबाट देखिने पुललगायत भौतिक संरचनाहरूले हाम्रो सरयू नदी किनारको संक्षिप्त भ्रमणलाई अविस्मरणीय बनाएको थियो । सरयू नदी किनारका घाटहरूको शृंखला रहेको यो स्थानका बारेमा विभिन्न कथनहरू रहेछन् ।
सि ७ कोच अड्ने स्थान अन्दाज गरेर बसेको हाम्रो टोली रेल अड्ने समय चार मिनेट भएको कारण रेलको आगमनसँगै हस्याङ फस्याङ गर्दै उछलकुद गर्दागर्दै पत्नी रन्जुले सि ७ देखेपछि हाम्रो टोली समयभित्रै रेलको आफ्नो सिटमा आसीन हुन सफल बन्यो । वन्दे भारत रेल भारतको रेल्वे प्रणालीको उत्कृष्ट प्रयोग रहेछ । विकसित देशहरूको हवाईजहाजको जस्तो सुविधा भएको रेल्वे चढ्न पाएकोमा हाम्रो टोली दंगदास थियो ।
वनारस भित्री भागको यातायात व्यवस्थापन देखेर आएका हाम्रा लागि त्यही स्थानमा यस्तो उत्कृष्ट सेवा देखेर अनौठो लागिरहेको थियो । वनारसको भित्री शहरी क्षेत्रको यातायात व्यवस्थापनको सिद्धान्त भनेको जसले जति सक्यो पेलेर चलाउने हो । शहरभित्र ट्राफिक प्रहरी, ट्राफिक लाइट भनेको कति मिचमाच गर्न सकिन्छ त्यही हो । पहिलो दिन रेल्वे स्टेशनबाट होटेल जाँदा टेम्पो हाँकेको देख्दा डरले सातोपुत्लो मात्र जान बाँकी थियो । यस्तै मेसोमा हामी सवार तीन पांग्रेले एकजना ज्येष्ठ नागरिक चढेको स्कुटरलाई ठक्कर दिएपछि ठक्कर खाएका नागरिकले हाम्रा चालकलाई नाडीको भागले दनक दिएपछि लफडा होलाजस्तो भएको थियो ।
हाम्रो चालकको पर्याप्त गल्ती थियो तथापि भन्दै थियो-‘हमारा गल्ती नहीं है, बुढ्ढेका गल्ती है’ । यसरी सत्तो सराप गरेकोमा हामीले पनि होमा हो मिलाएर जोखिमपूर्ण यात्रा तय गर्नु नै श्रेयस्कर सम्झियौँ । हाम्रा चालक रूखो स्वभावको जस्तो लागेकाले ऊसँग हामीले कुनै प्रतिवाद नगरी आफ्नो गन्तव्य तय गर्यौं । त्यस्तो लथालिंग यातायात व्यवस्था भोगेर आएका हाम्रा लागि बन्दे भारत एक्स्प्रेस सुपरसोनिक विमान जस्तो सावित भयो ।
बमबम थाली र रेलको प्लाष्टिक थाली
१८९ किलोमिटरको करिब तीन घण्टाको यात्राका लागि उपलब्ध गराइएको खाना वनारसको २१ परिकारयुक्त केशर थाली र बमबम थालीको परिकारभन्दा भिन्न थियो । हाम्रो टोलीले विश्वनाथ होटलसँगै रहेको रेष्टूरामा केशर थाली र अर्को रेष्टुरामा बमबम थालीको अनुभव गरेका थियौँ । घण्टी बजाउँदै ल्याइएको एउटा बमबम थाली हामी दस जनका लागि लगभग पर्याप्त भएको थियो । यी परिकारहरू तेल मसलायुक्त भारतीय खानाको विशेषता भएका थिए भने बन्दे भारत रेलसेवाले उपलब्ध गराएको खाना चिल्लो, पिरो र मसलारहित सुपाच्य र मिठो पनि थियो ।
यो रेलमा केही समय बिताउन पाए हुन्थ्यो भन्ने रहर हुँदैहुँदै ओर्लिने समय भइसकेकाले हामी अयोध्याधाम स्टेशनमा ओर्लेर डेरा डण्डाको व्यवस्थाका लागि दुई थान तीन पांग्रेमा सवार भई त्यसका चालकलाई हाम्रो चाहनाको लज होटलमा लैजान भन्यौँ । हाम्रो चाहनालाई बुझेर विद्याकुण्ड क्षेत्रको एउटा भर्खरै खुलेको लजमा पुगेपछि असोध्यावासको दुई दिनका लागि घरजमको प्रबन्ध भएकोमा ढुक्क भइयो ।
अयोध्या सेरोफेरो
हिरण्य, चिन्मया, जया, अयोध्या, नन्दिनी, सत्या, राजिता, अपराजिता नामले चिनिने अयोध्या प्राचीन सप्तपुरी धाममध्येको एक हो । अयोध्या, अवन्ती अथवा उज्जैन, कान्ची, द्वारका, काशी, माया वा हरिद्वार र मथुरालाई प्राचीन सप्तपुरी भनिन्छ । गुगल गुरुबाट थाहा भएको सप्तपुरीबारेको टिपोट बन्दै गर्दा पिताजी खेमराजसँग भेटघाट गर्न गएको समयमा तीर्थहरूको चर्चा गर्दा सप्तपुरीबारेको श्लोक उहाँबाट सुनेपछि सो पनि उल्लेख गर्न उपयुक्त लाग्यो ।
अयोध्या, मथुरा, माया, काशी, कान्ची, अवन्तिका ।
पुरी, द्वारावती ज्ञेयाः सप्तैता मोक्षदायिका ।।
यस्तो पौराणिक महिमा भएको सप्तपुरीमध्येको एक अयोध्यापुरी कस्तो होला भन्ने कौतुहलता मेट्न तीन पांग्रे टेम्पो हाम्रो अयोध्या भ्रमणकालागि उपयुक्त वाहन थियो । येनतेन दशजना अटाउँने भएकाले हाम्रो टोलीले लजबाट सरयू नदी जान पनि यही बाहनको प्रयोग गरी सरयू नदी किनारमा पुगेर पानी सेचन ग¥यो । सरयू स्नान गर्न कसिएका भ्रमण दलका सदस्यहरू पनि सरयूको नौका विहारमा अल्मलिएर हो कि किन हो, पूर्ण स्नानमा खासै कसैको कडा दिलचस्पी देखिएन । नौका विहार गराउने चालक भाइ रमाइलो र फरासिलो स्वभावका थिए । हामीलाई नदी, नदीको महत्व, घाटहरूका बारेमा बेलिविस्तार लाउँदै डुलाए । नाविक भाइ कूटनीतिक पनि थिए, हामीसँग फोटो खिचेर आफ्नी पत्नीलाई देखाउँने र घरमा झुण्ड्याएर राख्ने कुरा व्यक्त गरेर हामीलाई दंगदास बनाए । उनको यो कूटनीति निःस्वार्थ त थिएन, उनको स्वार्थ हामी अर्को दिन स्नान गर्न आउँदा गरिने नौका विहारको अवसर आफैँले प्राप्त गरौँ भन्ने थियो, त्यसो त नाम नै कूटनीति निःस्वार्थ कसरी होस् । नाविक भाइको जीवन जिउने सीप चाहिँ प्रशंसायोग्य थियो ।
सरयू नदीमा सरर चलेको हावा, हातमा लिँदा सफा देखिने पानी, अन्य टोलीले नौका विहारबाट लिएको आनन्द, घाटबाट देखिने पुललगायत भौतिक संरचनाहरूले हाम्रो सरयू नदी किनारको संक्षिप्त भ्रमणलाई अविस्मरणीय बनाएको थियो । यसै मेसोमा रामकी पैडी हेर्न जाने कुरा भयो । के होला रामकी पैडी ? अनुभवी सदस्यहरूलाई पनि जानकारी रहेनछ । यसको शाब्दिक अर्थ रहेछ-रामको सिँढी । सरयू नदी किनारका घाटहरूको शृंखला रहेको यो स्थानका बारेमा विभिन्न कथन रहेछन् ।
राम मन्दिर जानुअगाडि हनुमानगढी मन्दिरमा दर्शन गर्नुपर्ने विश्वास रहेको छ । रावणमाथि विजय हासिल गरेर अयोध्या फर्केपछि हनुमानजी यहाँ बस्न लाग्नु भएकाले हनुमानगढ वा हनुमानकोट भन्ने गरेको कथन रहेको छ । यहीबाट हनुमानजी रामकोट वा राममन्दिर परिसरको रक्षा गर्नुहुन्थ्यो भन्ने कहावत रहेको छ ।
एउटा श्रुति परम्पराले यही बाटो भएर त्रेतायुगमा श्रीराम सरयू नदीमा स्नान गर्न जानुहुन्थ्यो भन्ने रहेछ भने अर्को श्रुति परम्परामा रामसँग भाइ लक्ष्मणले सबै तीर्थको भ्रमण गर्ने मनशाय व्यक्त गरेपछि श्रीरामले जसले यो सरयूघाटमा स्नान गर्दछ उसलाई सबै तीर्थ भ्रमण गरेको फल मिल्दछ भन्नुभएको भन्ने कथन रहेछ । यस्तो पौराणिक कहावत रहेको घाटको अवलोकन दर्शन गरेपश्चात हाम्रो यात्रा सोही टेम्पोमा चढेर हनुमान गढी मन्दिर दर्शनका लागि अगाडि बढ्यो ।
हनुमानगढी
अयोध्याको उँचो ठाउँमा रहेको यो मन्दिर अयोध्या जाने हिन्दू तीर्थ यात्रीहरूको राम मन्दिर पछिको महत्वपूर्ण तीर्थस्थल हो । ७६ वटा सिँढी उक्लेर जानुपर्ने यो मन्दिरमा सधैंजसो भीडभाड देखिन्छ । यो स्थानमा भ्रमण दलका सदस्य हराउने खतरा रहेको छ । उत्तर प्रदेश राज्यको सवैभन्दा लोकप्रिय हनुमान मन्दिरमा दर्शन गर्नाले शक्ति र आत्मविश्वास बढ्ने विश्वास गरिन्छ । राम मन्दिर जानु अगाडि यो मन्दिरमा दर्शन गर्नुपर्ने विश्वास छ । रावणमाथि विजय हासिल गरेर अयोध्या फर्केपछि हनुमानजी यहाँ बस्न लाग्नु भएकाले हनुमानगढ वा हनुमानकोट भन्ने गरेको कथन छ । यहीबाट हनुमानजी रामकोट वा राममन्दिर परिसरको रक्षा गर्नुहुन्थ्यो भन्ने कहावत छ ।
मुगल लडाकूहरूको आक्रमण प्रयासबाट जोगाइएको यो मन्दिर ५२ विघा क्षेत्रफलमा फैलिएको छ । वृन्दावन, जगन्नाथपुरी, नासिक, उज्जैन समेतका देवस्थलहरूमा सम्पत्ति र अखडा रहेको यो मन्दिरको स्थापना १८औं शताब्दीमा भएको मानिन्छ । नवावपुत्रलाई असाध्यरोगले च्यापेपछि हनुमानभक्त अभयरामदासको आशीर्वादले रोग निको भएकोमा खुशी भएर ५२ बिघा जमिन दान गरेर हनुमान मन्दिरको स्थापना गरेको भनाइ छ ।
रामकोटको रक्षार्थ रहेको हनुमानगढीको प्रभावले नै हुनसक्दछ करिब ५०० वर्षअगाडि मन्दिर भत्काएर बाबरी मस्जिद बनाएकोमा हालैका दिनमा आएर अदालतको न्यायिक फैसला र फैसला कार्यान्वयन गर्ने भारतको केन्द्रीय सरकार खासगरी कट्टर हिन्दूत्वको पक्षपाती भारतीय जनता पार्टी र त्यो पार्टीबाट निर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदी र उनका अनुयायी उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जस्ता रामभक्त नेताहरूको सतत प्रयासबाट रामकोटको रक्षामात्र भएन, युद्धस्तरमा राम मन्दिरको गर्भगृह भागको निर्माण भएर प्राण प्रतिष्ठा पनि सम्पन्न भइसकेको छ ।
उक्तमन्दिरमा लगभग बिहानैदेखि रात्रिकालसम्म नदी बगेजसरी तीर्थालुको भीड लागिरहेको छ । ‘जय श्रीराम’ को नाराले राम परम्पराको भक्तिमात्र गरिरहेको छ कि भारतको राजनीतिमा शक्ति प्राप्त गर्ने साधन पनि भएको छ भन्नेसमेतको विश्लेषण आगामी अंकमा गरिनेछ । क्रमश :
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच