
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुर्दशन थापा क्षेत्रीले अपाङ्गता भएका व्याक्तिहरुलाई सेवा प्रवाहमा पहिलो प्राथमिकता दिइएको बताउनु भएको छ।
उहाले नयाँ संरचनाको भवन निर्माण काम सुरुवात भईरहेको अवस्थामा मैजुदा अवस्थामा रहेको अस्पतालमा सेवा प्रवाहको लागि अधिकतम् सचेतना अपनाइएको बताउनु भयो।
सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको सहयोगमा दृष्टिविहिन उत्थान संघ सैनामैना १० सालझण्डीको आयोजनामा अपाङ्गता भएका व्याक्तिहरुको समुदायमा आधारित पुर्नस्थापनाको सन्र्दभमा आयोजित सिबीआर अन्र्तगत सार्वजनिक सेवा प्रवाह अपाङ्गता भएका व्याक्तिहरुले लिने सेवा सुविधाको विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. थापाक्षेत्रीले सामजिक सेवा एकाई र ओसीएमसीमा अपाङ्गता भएका व्याक्तिहरुको लागि सेवा प्रवाहमा अधिकतम सचेतना अपानाएर सेवा प्रवाह गरिरहेको बताउनु भयो।
कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो– प्रत्येक विरामीलाई अझ बढी प्रभावकारी सेवा प्रवाह गर्ने छौ मानविय संबेदना सेवा प्रवाहमा हामी बढि संम्बेदनशिल रहेका छौ ’ उहाले सबै बिरामीको पिडा लाई सहज रुपमा लिएर सेवा प्रवाहमा विशेष ख्याल गरिएको अझ सहयोगी भाव रहेका अपाङ्गता भएका समुदायको लागि अझ बढि सचेत रहेको उहाको भनाई रहेको थियो । कसरी सेवा प्रवाह सहज गराउने बनाउने र प्रभावकारी सेवा प्रवाहमा अझ बढी होमवर्क गरेर काम गर्दै गरेको उहाँको भनाई छ ।
छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता भएका व्याक्तिहरुले पाउने सेवा प्रवाहमा प्रादेशिक अस्पतालले राम्रो सहजीकरण गर्दै आएको जानकारी प्राप्त भएको बताउँदै अझ बढि प्रभावकारी सेवा प्रवाहको लागि सहजीकरण गर्नेमा अपेक्षा व्यक्त गर्नु भयो।
उहाँले खासगरी अपाङ्गता भएका व्याक्तिहरुको उनीहरुको संवेनशिलतालाई लिएर सोही अनुसारको सेवा प्रवाहमा जोड दिनुपर्नेमा बताउनु भयो।
छलफल कार्यक्रममा ओसीएमसी संयोजक डा. बिप्लप महर्जनले हाल सम्म ३० जनालाई सेवा प्रवाह गरिएको जानकारी गराउनु भयो।
उहाँले लैंगीक हिंसा सम्बन्धी ओसीएमसीले सेवा प्रवाह गर्दै गरेको बताउँदै यसको लागि सबै सहकार्य गरेर लैंगीक हिंसामा परेका व्याक्ति, त्यसमा पनि अझ अपाङ्गता भएका व्याक्तिहरुको लागि अझ बढि संबेनशिल भएर काम गर्दै आएको वताउनु भयो।
कार्यक्रममा सामाजिक सेवा एकाइ प्रमुख नेत्र प्रसाद आचार्यले सेवा प्रवाहकोे लागि अपाङ्गता भएका व्याक्ति क बर्गकोले पूर्ण निःशुल्क सेवा र ख बर्गको लागि निर्देशिकामा तोकीएबमोजिम छुट प्रदान गर्दै आएको वताउनु भयो । उहाले अपाङ्गता भएका व्याक्तिहरुको विपन्नता भएर आएको भए थप वडा कार्यालय बाट बिपन्नताको पत्र लिएर आउनेहरुको लागि पनि सेवा प्रवाहमा विशेष छुट प्रदान गरिएको बताउनु भयो ।
प्रादेशिक अस्पतालका नर्सीङ्ग ईन्चार्ज ज्वोति पौडेलले अस्पतालमा धेरै सुधारका कामगरिएको जानकारी दिदै आगामी दिनमा सुधार गरिनुपर्ने कुरामा अझ बढि प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनु भयो।
छलफलमा दिप्ती थापा, नमिना राना मगर, शंकर रेग्मी संस्थाका अध्यक्ष मुक्तीनाथ पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा अपाङ्गता सवालको विषयमा पत्रकार कृष्ण खनालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच