काठमाडौं । नेपाल क्योकुसिन कराँते डो संघ वज्रको आयोजनामा १८औँ राष्ट्रिय पुरुष तौल समूह तथा १७औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराँते प्रतियोगिता वैशाख २४ गतेदेखि हुने भएको छ ।
प्रतियोगिताको पुरुषमा चार र महिलामा एक गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगत्प्रसाद गौचनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । पुरुषमा ५० केजीमुनि, ६० केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौल समूहमा भिडन्त हुनेछ । महिलामा खुला तौल समूहमा खेल हुनेछ ।
प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपिएफबाट ७५ पुरुष र ३५ महिला गरी ११० खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले जानकारी दिनुभयो । पुरुष/महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कार प्रदान गरिनेछ । चौथो हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइनेछ ।
दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछन् । अध्यक्ष गौचनले विभिन्न मार्सल आर्ट्सको राम्रो पक्षलाई समेटेर वज्रको प्रतिपादन गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच