आधारहीन समाचार हटाउन करिश्माको आग्रह

Read Time = 3 mins

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनमा एमाले पार्टी सन्दर्भमा चुनावी गतिविधिलाई जोडेर आफूविरुद्ध असान्दर्भिक र आधारहीन समाचार लेखेको भन्दै त्यस्ता समाचार हटाउन आग्रह गर्नुभएको छ । करिश्माले यस विषयमा प्रेस काउन्सिल, नेपाललाई जानकारी गराउँदै समाचार हटाउन आग्रह गर्नुभएको हो । उहाँले अन्यथा कानुनी उपचार खोज्न बाध्य हुने बताउनुभयो ।

असान्दर्भिक र आधारहीन कुराले आफ्नो चरित्रहत्या गर्ने काम गरेको र नियतवस उत्पीडन गराउने उद्देश्यले यस्तो गरिरहेको करिश्माले प्रेस काउन्सिललाई जानकारी गराउनुभएको हो । स्थानीय निकाय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमाले पहिलोबाट खस्किएर दोस्रो स्थानमा झरेपछि केही अनलाइन मिडियाले ‘करिश्मा जुन पार्टी प्रवेश गर्छिन्, त्यो पार्टी पत्तासाफ’ भन्ने खालका शीर्षकमा समाचार बनाएर करिश्माको चरित्रहत्या गर्ने प्रयास गरेका थिए ।

आधारहीन शीर्षकको स्क्रिनसटसहित करिश्माले चित्त दुखाउँदै फेसबुकमा लामो स्टाटससमेत लेख्नुभएको छ । ‘जीवनमा कसैको नराम्रो चिताएको छैन । कसैको नराम्रो गरेको छैन । सके बरू आफूसँग भएको बाँडेको छु । यत्रो वर्ष चलचित्रमा क्षेत्रमा काम गरेर देश र जनतालाई पस्किए । कुनै चलचित्र चले कुनै चलेनन् तर कहिले यस्तो तल्लो स्तरको टिप्पणी कहिले’ करिश्माले लेख्नुभएको छ । ‘राजनीतिमा कुनै गलत अभिप्रायले पाइला राखेको होइन । मलाई जीवनभर पुग्ने सबै छ मसँग । सबैको आवाज बन्न सकू उहाँहरूका लागि केही गर्न सकू भनेर नै हो । मानसिकतालाई पीडा दिने शब्द प्रयोग गर्ने कसैलाई अधिकार छैन । नत्रभने कनुनी उपाय खोज्नुपर्ने हुन्छ । हो एक–दुई पटकसम्म सहनु ठीक छ तर बारम्बार गर्दा अति हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?