नोरा फतेही पटियाला हाउस कोर्टमा

Read Time = 2 mins

एजेन्सी । दुई सय करोड भारु मनी लाउन्डरिङ प्रकरणमा मुछिनुभएकी बलिउड अभिनेत्री नोरा फतेही अदालतमा उपस्थित हुनुभएको छ ।
सुकेश चन्द्रशेखरसँग ठगी प्रकरणमा जोडिनुभएकी उहाँ सोमबार दिल्लीको पटियाला हाउस कोर्टमा उपस्थित हुनुभएको हो ।

यसअघि उहाँले दिल्ली पुलिसकोमा पुगेर बयान दिएकी थिइन् । दिनुभएको थियो । दुई सय करोड मनी लाउन्डरिङमा सुकेश चन्द्रशेखर मुख्य अभियुक्त हुन् । उनी हाल दिल्लीको जेलमा छन् । उनले बालिउड कलाकारलाई महँगा उपहार दिने गरेका थिए ।

बलिउडकी डान्स क्विन नोरा कुशल नृत्यांगना र फेसन सेन्सका लागि परिचित हुनुहुन्छ । नोराले गतवर्ष डिसेम्बरमा कतारको दोहामा भएको फिफा वल्र्ड कप २०२२ को समापन सेरेमनीमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।

नोराले चलचित्र ‘थ्याक गड’, ‘बाहुबली’, ‘सत्यमेव जयते’, ‘मरजावां’ जस्ता धेरै चलचित्रमा ‘आइटम डान्स’ गर्नुभएको छ । नोराले बलिउडमा २०१४ मा आएको चलचित्र ‘रोअर : टाइगर्स अफ द सुन्दर वन’बाट आफ्नो करिअर सुरु गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?