रमेश कर्पोरेसनको संस्थापक दिवस

Read Time = 2 mins

काठमाडौं । नेपालको सबैभन्दा ठूलो कर्पोरेट समूहमध्येको रमेश कर्पोरेसनले तेस्रो संस्थापक दिवस सिएसआर कार्यक्रमसाथ अनाथालयमा मनाएको छ । विगतमा आन्तरिक कर्पोरेट कार्यक्रमसाथ १८ मार्चमा मनाउँदै आएको संस्थापक दिवस यस वर्ष काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा मनाएको हो ।

समाजका लागि पुनः योगदानमा बलियो दृष्टिकोण राख्ने रमेश कर्पोरेसनका संस्थापक रमेश गुप्ताको सम्झनामा कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा रमेश कर्पोरेसनका सदस्यहरूले अनाथालयमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित खाना र स्टेसनरीलगायतका सामान वितरण गरेका थिए । कम्पनीका सदस्यहरूले बालबालिकालाई एक महिनाको खाना र अन्य अत्यावश्यक खाद्यान्न पनि प्रदान गरेका थिए ।

सो अवसरमा कम्पनीका उपाध्यक्ष सुशील गुप्ताले भन्नुभयो, ‘आज रमेश कर्पोरेसनको तेस्रो संस्थापक दिवस र यो दिन हाम्रा लागि विशेष छ, किनकि हामीले हाम्रा संस्थापक स्वर्गीय रमेश गुप्ता र उहाँको दर्शन सम्झने र यस्ता कार्यमार्फत् समुदायमा पुनः योगदान गर्ने अवसर पाइरहेका छौँ । बालबालिकाको भलाइका लागि योगदान गर्ने अवसरका लागि हामी आभारी छौँ ।’

कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले भन्नुभयो, ‘हाम्रो संस्थापक दिवस विशेष अवसर हो किनभने हामी हाम्रा संस्थापक रमेश गुप्ताको मूल्य, मान्यता र दृष्टिकोण सम्झन्छौँ । हामी समाजका लागि पुनः योगदानमा विश्वास गर्छौं, हामीलाई यस बालमन्दिर अनाथालयका बच्चासँग समय बिताउन र उनीहरूको कल्याणमा योगदान गर्ने मौका दिनुभएकोमा हामी धेरै आभारी छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?