
काठमाडौं । नेपाल-चीन (तिब्बत) आर्थिक तथा व्यापारिक मेला सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष लाङ फुकुवानले संयुक्तरूपमा मेला उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा मन्त्री भण्डारीले दुर्ई देशको व्यापार प्रवद्र्धनमा मेला उपयोगी बन्ने बताउनुभयो । व्यापार मेला पनि दुर्ई छिमेकी मुलुकबीच व्यापार वृद्धि गर्न सहयोगी हुने र व्यापारी समुदायलाई नयाँ क्रेता, नयाँ बजार र नयाँ व्यापार गन्तव्य पहिल्याउन फाइदा हुने उहाँको भनाइ थियो । भौगोलिकरूपमा कठिनताका बीच चीनसँगको व्यापारमा नेपालले अवरोध खेप्नु नपरेको उल्लेख गर्दै मन्त्री भण्डारीले दुई देशबीच आर्थिक तथा व्यापारिक सम्बन्ध थप मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो । चीन सरकारबाट प्रवद्र्धित बेल्ट एण्ड रोड इनिसियटिभबाट नेपालले अधिकतम लाभ लिन चाहेको भन्दै दुई देशबीच रेलवे सञ्जाल विस्तार हुँदै जाँदा आर्थिक तथा व्यापारिक सम्बन्ध थप मजबुत हुने बताउनुभयो ।
चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष लाङ फुकुवानले आर्थिक तथा व्यापार मेलाले दुर्ई देशको सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै चीनले सधैं नेपालको विकास हेर्न चाहने बताउनुभयो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले दुर्ई देशको व्यापार विस्तारमा मेला उपयोगी हुने बताउनुभयो । मेलामा तिब्बतका सरकारी प्रतिनिधिका रूपमा तिब्बत सरकारका उपाध्यक्ष लाङ फुकुवानको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलसहित करिब एक सय २० व्यापारी प्रतिनिधिको सहभागिता रहेको रहेको छ भने मेलामा तिब्बततर्फका ५० स्टल रहेका छन् ।
मेलामा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरण, घरायसी सामान, कार्पेट, पेयपदार्थ, परम्परागत हस्तकला, परम्परागत धूप, दुर्ईपांग्रे, तीनपांग्रे र चारपांग्रे विद्युतीय सवारीसाधन, सौन्दर्य प्रशोधन रहेका छन् । नेपालतर्फबाट रहेका १५ स्टलमा जडीबुटी, सुगन्धित तेल, कफी, चिया, हस्तकला÷काष्ठकला, धातुकला, कार्पेट, पश्मिनालगायत रहेका र मेलाकै अवसरमा दुर्ई पक्षबीच बिटुबी, बिटुजी र जिटुजीलगायतका व्यावसायिक मिटिङसमेत हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच