काठमाडौं । क्यानडाविरुद्ध जारी सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाविरुद्ध जारी सिरिजको अन्तिम खेल खेल्दैछ । सुरुवाती दुवै खेल जितेर २(० ले सिरिज पक्का गरिसकेको नेपाल घरेलु सिरिजमा पहिलो पटक क्लिनस्विप गर्ने प्रयासमा हुनेछ ।
आजको हेमन्त धामीले डेब्यु गर्ने भएका छन् । नेपालले कुल ४ परिवर्तन गरेको छ ।
आज सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख टोलीबाट बाहिर हुँदा आरिफ शेख, ललित नारायण राजवंशी र कुशल भुर्तेल टोली परेका छन् ।
नेपालको प्लेइङ- ११
अनिल शाह, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), देव खनाल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, ललित नारायण राजवंशी
क्यानडाको प्लेइङ -११
आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान) , श्रेयास मोभा, उदय भगवान सिंह, श्रीमन्थ विजयरत्ने, डिलोन हेलीगर, निखिल दत्त
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच