काठमाडौं । डकुमेन्ट्री लघुचलचित्र ‘रित्तो गाउँ’को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ । त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्राडा.उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित डकुमेन्ट्री लघु चलचित्रको विशेष प्रदर्शन गरिएको हो ।
रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार यो लघु चलचित्रले युवा पलायनले रित्तिँदै गएको गाउँको कथा प्रस्तुत गरेको छ । निर्देशक ज्ञवालीले विदेशमा समेत ‘रित्तो गाउँ’को विशेष प्रदर्शन गरिने जानकारी दिनुभयो ।
यो चलचित्रलाई दुई भागमा छुट्टाइएको छ । पहिलो भाग अनुसन्धानमा आधारित तथ्यांकसहित देशभरको अवस्था चित्रण गरिएको छ । दोस्रो भागमा भने पहिलो भागबाट लिइएका विभिन्न कथामा काल्पनिक लघु चलचित्र तयार पारिएको छ । चलचित्रमा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र नव अभिनेत्री सविना राउतलगायत कलाकारको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच