काठमाडौं । लिग चरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशविरुद्ध २-० को जित निकाल्दै कर्णाली प्रदेश तेस्रो स्थानमा रहँदै राष्ट्रिय महिला लिगमा छनोट भएको छ । बिहीबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कर्णालीलाई जित दिलाउन वर्षा ओली र सञ्जिता बोम्जनले गोल गर्नुभयो ।
प्रतियोगिताको अन्तिम खेल बाँकी रहँदा राष्ट्रिय लिगमा छनोट हुने तीन टिम निश्चित भएका छन् । छनोटबाट कोशी प्रदेश च्याम्पियन हुँदै छनोट हुँदा सुदूरपश्चिम दोस्रो र कर्णालीले तेस्रो स्थानमा रहेर लिगको यात्रा निश्चित गरेका हुन् ।
प्रतियोगितामा बलियो मानिएको मधेश प्रदेश भने चौथो स्थानमा रहँदै बाहिरिएको छ । मधेशलाई राष्ट्रिय लिगमा छनोट हुन बिहीबार कर्णालीले हार्नुपर्ने समीकरण थियो । तर, कर्णालीले गण्डकीविरुद्ध सहज जित निकालेसँगै मधेशको सम्भावना सकिएको हो ।
लिग लिडर कोशी अपराजित रहँदा ६ खेलबाट १६ अंक जोड्न सफल रहृयो । दोस्रो स्थानको सुदूरपश्चिमले पाँच खेलबाट १२ र तेस्रो स्थानको कर्णालीले ६ खेलबाट १२ अंक जोडेका छन् । सुदूरपश्चिमले बिहीबार नै प्रतियोगिताको अन्तिम खेलमा लुम्बिनी प्रदेशविरुद्ध खेल्दैछ ।
चौथो स्थानमा सीमित बनेको मधेशले ६ खेलबाट नौ अंकमात्र जोड्न सक्यो । तीन खेलमा जित निकालेको मधेशले एक खेलमा बराबर र दुई खेलमा हारको सामना गरेको थियो ।
पाँचौँ स्थानको गण्डकीले ६ खेलबाट ६ अंक जोड्यो । छैटौँ स्थानको लुम्बिनीले अन्तिम खेल खेल्न बाँकी रहँदा तीन अंक जोडेको छ । तालिकाको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको बागमती भने अंकविहीन रहृयो । बागमतीले प्रतियोगिताका सबै खेलमा हार बेहोरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच