काठमाडौं । यू-१६ क्रिकेट : जेम्स र मोक्षदाको जितकाठमाडौं । जयकुमार नाथ साह मेमोरियल यू-१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको दोस्रो दिन जेम्स स्कुल र मोक्षदा स्कुलले जित हात पारेका छन् । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा जेम्सले केएमसी स्कुललाई २ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको जेम्सले ५ विकेटको क्षतिमा १४४ रन जोडेको थियो । जवाफी ब्याटिङ गरेको केएमसीले २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रनमात्र जोड्न सक्यो ।
अर्को खेलमा मोक्षदाले रत्नराज्य स्कुललाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको मोक्षदाले संयम नेपालको शतकको मद्दतमा २१८ रन जोडेको थियो । २१९ रनको लक्ष्य पछ्याएको रत्नराज्य १२६ रनमा अलआउट भयो ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा १६ टिमबीच प्रतिस्पर्धा भइरहेको छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइँदैछ । विजेताले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगदसहित गिफ्ट हृयाम्पर दिइनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ ले एक हजार नगदसहित गिफ्ट हृयाम्पर पाउनेछन् ।
मुख्य प्रायोजकमा स्व. जयकुमार नाथ शाहका परिवार रहेका छन् । जम्मा २७ खेल हुने प्रतियोगिताका खेलहरू मूलपानीका दुवै क्रिकेट मैदानमा खेलाइँदैछ । वैशाख ३० गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख २६ हजार पाँच सय रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच