भोजपुर । बाँदर आतंकका कारण पहाडी जिल्लाहरुबाट बसाई सराईकोक्रम बढदै जान थाले पछि गाउँघरसमेत रित्तिदै गएका छन् । पछिल्ला केही बर्ष यता बाँदर आतंकका कारण पहाडी जिल्लाका ग्रामीण बस्ति बसाई सराईले रित्तिदै गएको छ ।
बनजंगल छाडेर घर तथा करेसामासमेत बाँदरका हुल आउन थालेपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकामा गत बर्ष मात्रै ८१ घर परिवारले आफ्नो थाकथलो छाडेका थिए । यो बर्ष मात्रै पनि २० घर परिवारले गाउँ छाडेर तराई तिर बसाई गएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । यस्तै अन्य पालिकाहरुमासमेत बाँदर आतंक बढदै गएको छ । जिल्लाको दक्षिणमा रहेको आमचोक गाउँपालिकामासमेत बाँदरको पिडा सहन नसकेर धेरै स्थानिय बसाई सराई गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष अशोक राईको भनाई रहेको छ ।
भोजपुर जिल्लामा नौ वटा पालिकाहरु छन ।तर बाँदर आंकका कारण सवै पालिकाका नागरिकहरु पिडित छन् । बाँदर आतंक नियन्त्रण गर्न नसकिएका गाउँहरु रित्तिदै जाने जिल्लाको पूर्वी पौादुङमा गाउँपालिका वडा नम्वर ४ का मौसम राई बताउनुहुन्छ । “बाँदरले किसानले बर्षभरी दुःख गरेर लगाएको अन्न बाली खाने मात्रै नगरेर नष्ट गर्न थालेपछि हैरानी खेप्नु परेको छ ।” राईले भन्नुभयो, बाँदर नियन्त्रण नहुँदा आगामी चुनावहरुमा त मतदाता पनि गाउँमा भेटिदैनन् ।
गाउँघरमा बाँदर आतंकका कारण बसाई नै हिड्नु पर्ने अवस्था देखिन थालेपछि पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भने अहिले जिल्लामा आएर बाँदर धपाउने अभियानमा नागरिकहरुलाई सहयोग गरिरहनु भएको छ । भोजपुरबाट निर्वाचित संघीय सांसदसमेत रहनु भएका किरातीले रामप्रसादराई गाउँपालिका वडा नम्वर ३, भुल्केमा बाँदर धपाउने अभियान नै चलाउनु भएको छ । अघिल्लो पटक संघीय सांसद रहँदा संसदमा बाँदर आतंक नियन्त्रणबारे पहिलो पटक आवाज उठाउँदा किराती ट्रोलसमेत बन्नुपरेको थियो । तर बाँदर आतंक दिनानुदिन बढ्दै गएपछि अहिले भने धपाउनका लागि अभियान नै चलाउनु भएको छ ।
सांसद किरातीले भन्नुभयो, “पहिले बाँदर जङ्गलमा बस्थ्यो तर अहिले घुरेनमा नै बस्न थालेको छ । बाँदर आतंकले गाउँनै रित्तिने स्थिति आएपछि बाँदरलाई धपाएर उनकै ठाउँ अर्थात् घना जंगलसम्म पुराउने अभियानमा हामी छौँ ।” अघिल्लो पटक आफु सांसद हुँदाबाट नै सदनमा बाँदर नियन्त्रण बारे कुरा उठाएपनि सरकारले बाँदर नियन्त्रणका लागि चासो नदिदा समस्या देखिएको किरातीको भनाई रहेको छ । “आफ्नो मतदातालाई बाँदर आतंकले प्रताडित गरेको म प्रतिनिधिले मुकदर्शक भएर बस्न सकिन त्यही भएर बाँदरलाई उसकै थाकथलो अर्थात् घना जंगलतर्फ फर्काउन म आफै अभियानमा छु ।” किरातीले भन्नुभयाे ।
किरातीको अभियानमा रामप्रसाद राई गाउँपालिका वडा एक ओख्रे, वडा नम्वर दुई धोद्लेखानी, वडा नम्वर भुल्के र वडा नम्वर चार दलगाउँका नागरिकको सहभागिता रहेको छ । बाँदर धपाउने अभियानको कमाण्डार निर्वाचित जनप्रतिनिधि नै बनेपछि गाउँका नागरिकमा पनि उत्साहजनक सहभागिता देखिएको रामप्रसाद राई गाउँपालिका वडा नम्वर २ का स्थानिय डिकमान राईले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच