
मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच समितिको सभापति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने सहमति भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताउनुभयो ।
उहाँले प्रदेशसभाका सत्तापक्ष तथा प्रतिपक्ष दलका नेता र प्रमुख सचेतकबीच यही वैशाख ३० गते विभिन्न पाँच समितिको सभापतिको निर्वाचनलाई आपसी सहमति कायम गरी सम्पन्न गर्ने सहमति भएको जानकारी दिनुभयो ।
सभामुख पाठकको आह्वानमा आज सर्वदलीय बैठकको आयोजना गरिएको थियो । प्रदेशसभाको हिउँदे अधिवेश यही बैशाख १२ गते रातिबाट अन्त्य गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच