गौर नरसंहारको १६ बर्ष पछि सर्वोच्च अदालतमा सुनवाई हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गौर नरसंहारको १६ बर्षपछि आज सर्वोच्च अदालतमा सुनवाई सुरु हुँदैछ ।

सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित आइतबार दर्ता भएको रिटमा आज सर्बोच्च अदालतमा सुनुवाइ हुन लागेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभए पछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतलाई बिपक्षी बनाएर दायर रिटमा आजदेखि सुनवाई हुन लागेको हो । रिटमा तत्काल अन्तरिम आदेश माग गरिएको छ ।

शान्ति प्रक्रियामाा आएको तत्काकालिन नेकपा माओवादी र तत्कालिन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरे पछि भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।

सो घटनामा स‌‌ग्लन भएको भन्दै तत्कालिन फोरम अध्यक्ष उपेन्द्र यादवमाथि कारबाही हुनुपर्ने माग राख्दै दिएको निवेदन जिल्ला प्रहरी कार्यालय, रौतहटले सम्बोधन नगरे पछि सो घटनाका पीडित तथा आफान्तहरु सर्वोच्च अदालतत पुगेका हुन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?