काठमाडौं । ग्लोबल आइएमई बैंकले १७औँ वार्षिकोत्सवका अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत् गरिने कारोबारमा १७ प्रतिशतसम्म छुट तथा एक हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
माघ १७ गतेसम्मका लागि बैंकको भिसा डेबिट र क्रेडिट कार्ड तथा एससिटी कार्डबाट योजना अवधिभर पिओएस मेसिनमार्फत् गरिने १० भन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा एक हजार रुपैयाँको क्यास ब्याक उपलब्ध गराइने बैंकले जनाएको छ ।
साथै वार्षिकोत्सवका अवसरमा नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलोपटकको क्युआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम् एक सय ७० रुपैयाँसम्म छुट पाउने पनि बैंकले जनाएको छ । क्यास ब्याक योजना पुस २३ गतेसम्म लागू हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच