एजेन्सी । चलचित्र ‘टाइटानिक’ का अभिनेता बनार्ड हिलको निधन भएको छ । ‘टाइटानिक’ मा क्याप्टेन एडवर्ड स्मिथको भूमिकामा देखिनुभएका उहाँको ७९ वर्षमा उमेरमा निधन भएको हो । उहाँका निधनको कारण भने खुलाइएको छैन । बनार्ड ११ अस्कार जित्ने दुई चलचित्रमा अभिनय गर्ने एक मात्र चलचित्र स्टार हुनुहुन्थ्यो । उहाँले सन् १९९७ मा रिलिज भएको ‘टाइटानिक’ र २००३ मा रिलिज भएको ‘लर्ड अफ द रिङ्स’ मा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यी दुवै चलचित्रले ११-११ ओस्कर अवार्ड जितेका थिए ।
बानार्डको निधनमा कोस्टार बारबरा डिक्सनले दुःख व्यक्त गर्नुभएको छ । ‘बनार्ड हिलको निधन भएको कुरा अत्यन्तै दुःख का साथ जानकारी गराउँछु । हामीले सन् १९७४ मा विली रसेलको शो ‘जोन पल जर्ज रिंगो एण्ड बर्टु’ मासँगै काम गरेका थियौँ । उहाँ एक अद्भूत अभिनेता हुनुहुन्थ्यो । उहाँसँग भेट्नु र काम गर्न पाउनु सम्मानको कुरा हो’, उहाँले एक्समा लेख्नुभएको छ ।
टाइटानिक र लर्ड अफ द रिङ्सबाहेक हिलले आफ्नो करियरमा गान्धी र द स्कर्पियन किंगलगायत धेरै हिट चलचित्रमा काम गर्नुभएको थियो । आफ्नो ५० वर्षको अभिनय करियरमा उहाँले चलचित्रसहित टिभी सिरियल र नाटकमा काम गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच