![नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरू](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/indrive-launce.jpg)
काठमाडौं । यतिबेला पोखराको आसपास क्षेत्रमा एकजना नेपाली निर्देशक साउथका निर्देशकहरू आर्यन प्रताप, स्टेफन एम.जोसेफसँगै मिलेर पान इण्डिया फिल्म ‘सत्य मगला’को एक्सन कट गर्दै हुनुहुन्छ । उहाँ हुनुहुन्छ नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली । बलिउडका लाइन प्रोड्युसर राजेन्द्र घिमिरेले अभिनयसमेत गर्नुभएका यस चलचित्रको छायांकन उहाँले नै नेपाल छायांकनका लागि ल्याउनु भएको हो ।
नेपालगायत थाइल्याण्ड/श्रीलंका र भारतमा छायांकन हुने यो चलचित्रमा साउथका स्टार प्रभु देवा, शाही तन्शिखा, शंकर, आर्यनलगायतको अभिनय रहने छ । अहिले नेपाल सेड्युअलको निर्देशन गरिरहनुभएका जनकदीपले उहाँको काम र क्षमता देखेर यसको थाइल्याण्ड, श्रीलंका र भारतको सुटिङमा समेत जानुहुने बताइएको छ । यस चलचित्रमा उहाँलाई को–डाइरेक्टर रूपमा सहभागी गराइएको छ । साउथको नै प्राविधिक टिम रहेको यस चलचित्र आउँदो डिसेम्बरसम्म चल्नेछ भने अहिले भारतमा ठूलो गाउँको नै सेट बन्दै छ ।
जे होस् जनकदीप पराजुलीलाई नेपाली निर्माताहरूले नपत्याए पनि विदेशी फिल्म मेकर तथा निर्माताहरूले भने पत्याउने गरेका छन् । उनको यो विदेशी चलचित्र मेकरहरूसँग पहिलो सहकार्य भने होइन । जनकदीप बेलाबेलामा नेपालमै बसेर विदेशी चलचित्र मेकरहरूसँग सहकार्य गरिरहेको हुनुहुन्छ । उहाँको मुम्बैमा बिन्स टाल्क एसिया र देल्लीमा नर्थ इण्डिया फिल्मससँग सहकार्य छ ।
हाल नेपाल चलचित्र निर्देशक समाजमा अध्यक्षको रूपमा रहेर नेपाली चलचित्र क्षेत्रको विकास र प्रबद्र्धन लागि सक्रिय रहनुभएका जनकदीपले चाँडै आफूले नेपाली चलचित्र पनि ल्याउने बताउनुभयो । अहिले आफू केही विज्ञापन, टेलिभिजन सो र आफ्नो ड्रिम प्रोजेक्ट ‘द हिमालयन किङ’को नेपाली भर्सन ‘पापी मान्छे-३’ मा व्यस्त रहेको बताउनुभयो । नेपाली सिनेमामा आफ्नो माटो सुहाउँदो क्यानभास र सिनेमा सिल्पी नरहेको उहाँको धाराणा छ । आफूले यस्तो सिनेमा बनाउन चाहे पनि नेपाली निर्माताले यो कुरा नबुझी दिँदा आफ्नो सिनेमाको संख्या कम रहेको उहाँको भनाइ छ । जस्तो पायो तेस्तै सिनेमा बनाउँदा समग्रमा तेसले इन्ड्रष्टिलाई फाइदाभन्दा घाटा हुने उहाँको तर्क छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच