मुगु । नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रारामा बुधबारबाट कर्णाली प्रदेश स्तरीय कबड्डी प्रतियोगीता शुरू भएको छ ।
मुगु जिल्लास्थित नेपालकै ठूलो र गहिरो ताल रारा छेउमा संचालन हुन लागेको प्रथम प्रदेश स्तरीय कबड्डी प्रतियोगिताका लागि १७ टिमले सहभागिता भएका छन् ।
कर्णाली प्रदेश सभाका सदस्यद्धय जितबहादुर मल्ल प्रमुख अतिथि र मंगलबहादुर शाही विशेष अतिथी रुपमा सहभागी भइ उदघाटन गर्नु भएको कवड्डि प्रतियोगिता यहि २८ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिताका लागि ७ वटा महिला टिम र १० वटा पुरुष टिम दर्ता भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर मल्लले जानकारी गराउनु भयो ।
कर्णाली प्रदेशका १० वटै जिल्लाबाट पुरुष टिम दर्ता भएको र महिला टिम भने ७ जिल्लाबाट मात्र सहहभागी भएको पनि अध्यक्ष मल्लले बताउनु भयो ।
एक टिमबाट १० जना गरी १ सय ७० जना कबड्डी खेलाडीहरु रारामा आईपुपेका छन् । उक्त खेलका निम्ति २२ जना रेफ्री छनौट गरिएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनका लागि खेलाडी छनौट गर्न र राराको प्रचार प्रसार गरी पर्यटन प्रवर्दनमा टेवा पुर्याउन कर्णाली प्रदेश स्तरीय कवड्डी खेलको आयोजना रारामा गरिएको हो ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य रारा क्षेत्र विभिन्न खेलको लागि पनि उपयुक्त ठाउँ भएको सन्देश यो प्रयोगिता दिने भलिवल प्रशिक्षक जिल्लासिङ्ग भामले बताउनु भयो ।
समुन्द्री सतहदेखि २९९० मिटर उचाइमा यो प्रतियोगिता हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच