
मुगु । मुगुको प्रमुख पर्यटकीय गन्तव्य रारामा बुधबारबाट प्रथम कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेशसभाका सदस्यद्वय जीतबहादुर मल्ल र मंगलबहादुर शाहीले एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । कबड्डी खेलका लागि १७ टिमले भाग लिएका छन् । वैशाख २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि सात महिला टिम र १० पुरुष टिम दर्ता भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले जानकारी गराउनुभयो ।
कर्णाली प्रदेशका १० वटै जिल्लाबाट पुरुष टिम दर्ता भएको र महिला टिम भने सात जिल्लाबाट मात्र सहभागी भएको अध्यक्ष मल्लले बताउनुभयो । एक टिमबाट १० जना गरी १७० जना कबड्डी खेलाडीहरू रारामा पुगिसकेका छन् । उक्त खेलका निम्ति २२ जना रेफ्री छनोट गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुदमा भाग लिनका लागि खेलाडी छनोट गर्न र राराको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन रारामा प्रदेशस्तरीय कबड्डी खेलको आयोजना गरिएको पनि अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशस्तरीय कबड्डी खेल सुरु भएपछि रारा तालमा आन्तरिक पर्यटकहरूको निकै चहलपहल बढेको छ । समुन्द्री सतहदेखि २९९० मिटर उचाइमा यो प्रतियोगिता हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच