
काठमाडौं । पशुपति सेरामिक्स प्रालिले एटिएस टाइल्सको परीक्षण बिक्री सुरुवात गरेको छ । सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र अवस्थित उत्पादन केन्द्रको निर्माणलगायत अन्य सम्पूर्ण पूर्वतयारी पूरा गर्दै कम्पनीले उत्पादन बिक्री सुरु गरेको हो ।
नेपालमा पहिलो बहुराष्ट्रिय टाइल्स कम्पनीको जोइन्ट भेन्चरका रूपमा स्थापित कम्पनीले दुर्ई हप्ताको छोटो अवधिमा बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएको छ । कम्पनीले सुरुवाती चरणमा भुइँका लागि पार्किङ टाइल र सेमी-भिट्रिफाइड टाइल बजारमा ल्याएको हो ।
क्रमशः वाल टाइल, जिभिटी र पिजिभिटी टाइल पनि उत्पादन गर्दै जाने कम्पनीले जनाएको छ । कम्पनीले सबै प्रकार र आकारका टाइल उत्पादनका लागि स्पेन, इटाली, चीन र भारतको मेसिनरी प्रयोग गरी इटालियन प्रविधिमा आधारित कारखानाको स्थापना गरेको हो ।
कम्पनीका कार्यकारी निर्देशक सरोज रौनियारले अन्तर्राष्ट्रियरूपमा स्थापित एटिएस ब्राण्ड टाइल नेपालमै पहिलो बहुराष्ट्रिय जोइन्ट भेन्चरका रूपमा उत्पादन गरी बिक्रीमा ल्याउन पाउँदा खुसी लागेको भन्दै नेपाली उपभोक्तालाई स्वदेशमै उत्पादित अन्तर्राष्ट्रिय ब्राण्डका टाइल सस्तो र सुपथ मूल्यमा पाउने अवस्था बनेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय गुणस्तरको टाइल स्वदेशमै उत्पादन हुँदा वार्षिकरूपमा नेपालबाट बाहिरिरहेको करिब २० अर्ब रुपैयाँ देशभित्रै रहने, भविष्यमै हाम्रा उत्पादनहरू विदेशमा निर्यात हुँदा राष्ट्रको विदेशी मुद्रा आर्जन र सञ्चितीमा वृद्धि हुने र रोजगारीको सिर्जनाद्वारा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने कम्पनीको भनाइ छ । करिब डेढ अर्ब लगानीमा स्थापित कम्पनीको दैनिक १५ हजार वर्गमिटर उत्पादन क्षमता रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच