बाबुले गरे आफ्नै २० दिने छोराको हत्या

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । आफ्नै बाबुले कलिलो छोराको हत्या गरेको सुन्दा जो कोहीलाई पनि पत्यार नलाग्न सक्छ । किन भने बाबु–आमाले नै सन्तानलाई सबैभन्दा बढी माया स्नेह गर्छन् । हरेक परिस्थतीको सामना गरेर आफ्ना सन्तानका हरेक इच्छा चाहना पुरा गर्छन ।

सन्तानको मागलाई पुरा गर्न चाहिने आर्थिक श्रोत बलियो बनाउन रोजगारीको लागि देशको कुनाकाप्चादेखि लिएर विदेशको खाडी मुलुकसम्म पुग्छन । आफ्नो ज्यानलाई जोखिममा राखेर भएपनि बालबच्चाको खुशीको लागि मिहिनेत गर्छन । त्यही बाबुले आफ्नै सन्तानको घाटी निमोठेर हत्या गर्न सक्छन ? हतपति यस्ता घटना भएको सुन्दा पत्याउन मुश्कील पर्छ । तर बारामा आफ्नै बाबुले २० दिनको छोरालाई घाटी निमोठेर निर्मम हत्या गरेर बाबुको छोराप्रतिको माया स्नेहमा प्रश्न चिन्ह खडा गरेका छन ।

बाराको देवताल गाउँपालिका–४ पिप्राढीमा २४ बर्षीय बाबु नुर आलम अंसारीले २० दिन उमेर पुगेको आफ्नै छोराको घरमै सुतेको बेला जेठ १४ गते आइतबार नाक मुख थुनेर, घाटी निमोठी हत्या गरेको बारा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बिहिवार पत्रकार सम्मेलन गरी आफ्नै बाबुले २० दिनको छोरा मारेको घटना सर्वाजनिक गर्नु भएको हो ।

छोराको अनुहार आफूसँग नमिलेको भन्दै नुर आलमले श्रीमतिसंग झै झगडा गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिनुभयो ।

‘अर्कै पुरुषसंग लागेको आरोप लगाउँदै आलमले श्रीमतिलाई विगत केही दिनदेखि दिनहुँ गालीगलौज र मारपिट गर्दै आईरहेका थिए,’ प्रउ बोगटीले भन्नुभयो, ‘श्रीमतिको कोखबाट जन्मेको सन्तान अर्कैको हो भन्दै क्रुरतापुर्वक हत्या गरिदिए ।’ यही बैशाख २६ गते कलैया अस्पतालमा जन्मेको शिशुलाई हासीखुशी घर फर्काएका थिए । पछि आशंका बढदै गएपछि रिसको झोकमा नवजात छोराको आलमले निर्मम हत्या गरिदिएको प्रहरी उपरिक्षक बोगटीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।’

घर नजिकैको करेसाबारीमा रहनुभएकी आमा कलमा खातुनले छोरा चिच्याएको आवाज सुनेर दौडेर घरमा फर्किनुभएको थियो । सोही समयमा श्रीमान हतार गर्दै घर बाहिर निस्केको उहाँले देख्नुभएको थियो । घरभित्र पस्दा नाक र मुखबाट रगत बगिरहेको अवस्थामा छोरा अचेत बनेको कलमालाई उदृत गर्दै प्रहरी उपरिक्षक बोगटीले जानकारी दिनुभयो । त्यसपछि कलमाले रुदै कराउदै छोराको उपचारको लागि परिवारमा गुहार गर्नुभएको थियो । तर उपचारको लागि अस्पताल लैजाने क्रममै शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायशी कामले करेसाबारीमा गएकी श्रीमतिको आँखा छलेर जेठ २४ गते नवजात छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो । घर नजिकैको करेसाबारीमा रहनुभएकी आमा कलमा खातुनले छोरा चिच्याएको आवाज सुनेर दौडेर घरमा फर्किनुभएको थियो । सोही समयमा श्रीमान हतार गर्दै घर बाहिर निस्केको उहाँले देख्नुभएको थियो ।

घर भित्र पस्दा नाक र मुखबाट रगत बगिरहेको अवस्थामा छोरा अचेत बनेको कलमालाई उदघृत गर्दै प्रहरी उपरिक्षक बोगटीले जानकारी दिनुभयो । त्यसपछि कलमाले रुदै कराउदै छोराको उपचारको लागि परिवारमा गुहार गर्नुभएको थियो । तर उपचारको लागि अस्पताल लैजाने क्रममै शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका–३ भवानीपुर माइती हुनुभएकी कलमाले आफन्तको सहयोगमा प्रहरीमा उजुरी दिएपछि शिशुको शव चिहानबाट निकालेर परिक्षण गरिएको उपरिक्षक बोगटीले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धानको लागि आरोपित बाबु नुर आलमलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

बिहीवार मात्रै अदालतले थप सात दिनको म्याद थप गरेर आलमलाई प्रहरी हिरासतमा राखि अनुसन्धान गर्न आदेश दिएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?