काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुक अहिले संघीयता कार्यान्वयनको बहस र छलफलमा रहेको बताउनुभएको छ ।
शनिवार महालक्ष्मी नगरपालिका वडा नम्बर १० को नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सभामुख घिमिरेले संघीयता मुलुकका लागि उचित छैन भन्नेहरुलाई जवाफ दिनेगरी पछाडि परेको समूदायलाई प्राथमिकता दिने खालको कामहरु मुलुकमा भईरहेको बताउनु भयो ।
उहाँले ललितपुरको महालक्ष्मी नगरपालिका अन्तरगतको वडा नम्बर १० पछि परेको क्षेत्र भएपनि संघीयताका कारण सो क्षेत्रमा पनि प्राथमिकताका साथ विकास, निर्माणको कामले गति लिन सम्भव भएको स्पष्ट पार्नुभयो । सभामुख घिमिरेले सघीयताले गरिवी, भौतिक पूर्वाधारको कमी र जनचेतनाको पनि कमी भएको ठाउँमा प्राथमिकताका साथ काम गर्नुपर्छ भन्ने कुरालाई अघि ल्याएको पनि स्मरण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘जनतालाई सुःखी र समृद्ध बनाउने सन्दर्भमा ठूल्ठूला राजनीतिक उपलब्धिहरु हासिल गरिसकेका छौं । राजनीतिक क्षेत्रमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अन्तर्गत हामी अहिले संघीयताबाट राष्ट्रलाई कसरी अगाडि लैजान सकिन्छ ? त्यसको बहस र छलफलको परिस्थितिमा छौं । अहिले संघ नेपाल जस्तो मुलुकमा उचित थिएन, सम्भव थिएन । त्यसैले संघात्मक प्रणाली यो अचानक ढंगबाट ल्याईयो, यो बेठिक हो भन्ने टिकाटिप्पणी र त्यस खालको कुरा भईरहेको सन्दर्भमा महालक्ष्मी नगरपालिकाको घोषणा भयो । पहिलो निर्वाचनबाट कानूनहरु बनाउने, केही गर्ने सोच बनायो । त्यो सँगसँगै दोस्रो निर्वाचन आईसकेपछि त्यसको सूरुवातमा नै सबैभन्दा पछाडि परेको वडा नम्बर १० यसको एक हदसम्म गरिवी, भौतिक पूर्वाधारको कमी र सम्भव त जनचेतनाको हिसावले पनि पछि पारेको ठाउँ, यस्तो ठाउँमा १० नम्बर वडालाई प्राथमिकताका साथ बजेट छुट्टयाउने र यसको विकास, निर्माणमा प्राथमिकता दिने जे कामहरु ग¥यो, मलाई लाग्छ एउटा हाम्रो संघीयताको परिचय यो पनि हो । महालक्ष्मी नगरपालिका विकास, निर्माणको काम भएको छ । बाटोघाटो एक हदसम्म बनेको छ । जहाँको जनजीवन अगाडि छ । चेतना अगाडि छ । विकास, निर्माणहरु भईरहेका छन् । त्यस्तो ठाउँलाई भन्दा पछाडि परेको ठाउँलाई प्राथमिकता दिएर कामहरु गर्ने सन्दर्भमा पनि एक वर्षमा ठेक्का प्रक्रिया सम्पन्न गरेर यो हदको भवन निर्माण गर्ने र त्यसलाई समय भित्रै समुद्घाटन गरेर आजबाटै कार्यालय सचालन गर्ने कुरा पनि एउटा हाम्रो संघमा जाँदाखेरी पाएको अधिकारलाई प्रयोग गर्ने उदाहरणको रुपमा लिएको छु ।’
त्यस अवसरमा सभामुख घिमिरेले संघीयताले दिएको अधिकार कार्यान्वयनमा महालक्ष्मी नगरपालिकाले खेल्दै आएको भुमिकाको पनि प्रशंशा गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच