काठमाडौं । माथिल्लो तामाकोशीको क्यासकेड ९९.८ मेगावाटको तामाकोशी-५ जलविद्युत् आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल वक्र्सको ठेक्का चीनको सिनो हाइड्रो कर्पाेरेसनले पाएको छ । तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडले सिभिल तथा हाइड्रो मेकानिकलतर्फको ठेक्का उक्त कम्पनीलाई दिएको हो । प्रवद्र्धक कम्पनी र चिनियाँ कम्पनी सिनो हाइड्रोबीच ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार सिनो हाइड्रोले १२ अर्ब ९९ करोड रुपैयाँमा सिभिल तथा हाइड्रो मेकानिकलको काम गर्नेछ भने सिनो होइड्रो र नेपाली साझेदार कुमार श्रेष्ठ निर्माण सेवाको संयुक्त उपक्रम (जेभी) कम्पनीले निर्माण ठेक्का पाएको छ ।
आयोजना निर्माणका लागि प्राविधिक प्रस्तावमा छनोट भएका दुर्ई कम्पनीमध्ये आर्थिक प्रस्तावमा कम रकम कबोल गर्ने सिनोे छनोटमा परेकोे हो । खरिद प्रक्रियामा भाग लिएकामध्ये सिनो हाइड्रो र चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन प्राविधिक प्रस्तावमा पास भएका थिए । आर्थिक प्रस्तावमा कम कबोल गरेपछि सिनोे हाइड्रोले ठेक्का पाएको थियो । सिनो हाइड्रोले यसअघि चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीमा पनि काम गरेको थियो ।
सम्झौतासँगै अब एक महिनाभित्र सिभिलको काम सुरु हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले बताउनुभयो । माथिल्लो तामाकोशीको निकास सुरुङबाट निस्कने पानी सिधै डाइभर्सन बनाएर तामाकोशी–५ को सुरुङमार्गमा ल्याइनेछ । विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) भइसकेको आयोजनाको निर्माण थालेको चार वर्षमा व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहेको छ । कम्पनीले यसअघि २०७९ साउन ९ गते आयोजना निर्माणका लागि बोलपत्र आहृवान गरेको थियो । प्रस्ताव पेश गर्ने चारमध्ये दुर्ई कम्पनी प्राविधिक प्रस्तावमा छनोट भएका थिए । उक्त ठेक्कामा सिनो हाइड्रो कर्पोरेसन र चाइना गेजुवा ग्रुप कम्पनी सर्टलिष्टमा परेका थिए ।
कुल २१ अर्ब १३ करोड ९५ लाख लागत अनुमान गरिएको आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी हुनेछ । स्वपुँजीमध्ये प्राधिकरणको ६८ र सर्वसाधारण नागरिकको ३२ प्रतिशत रहने गरी लगानीको मोडल तयार गरिएको छ । आयोजनामा कर्मचारी सञ्चय कोषले १३.७४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।
तामाकोशी–५ चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यासकेड आयोजना हो । जसको हेडवक्र्स निर्माण नगरी माथिल्लो तामाकोशीको विद्युत्गृहबाट आएको टेलरेसको पानीलाई सिधै सुरुङमा पठाइन्छ । आयोजनाको आठ किलोमिटर सुरुङ निर्माण गरी सुरीटारमा भूमिगत विद्युत्गृह निर्माण गरिनेछ । दुई किलोमिटर लामो २२० केभी प्रसारण लाइनलगायत संरचना निर्माण हुनेछन् । आयोजनाका सम्पूर्ण संरचना विगु गाउँपालिका १, २, ३ र ४ मा निर्माण हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच