अनलाइन मार्फत सट्टेबाजी कारोबार गरेको आरोपमा एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अनलाइन सट्टेबाजी माध्यम एक्सबेट र क्रिप्टोलगायतमा सट्टाबाजी गर्न रकम संकलन गर्ने गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ । काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगानालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

ढुंगानासँग विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?