सुमधुर स्वरकी धनी कृष्णा ताम्राकारसँगको त्यो अविस्मणीय क्षण

हिमालय टाइम्स
Read Time = 14 mins

✍️ नेत्रबन्धु पोख्रेल

हामी बल्कोटबाट खज्र्यांग, गैरीखुट्टा, हँदै रिणीतर्फ लाग्यौं । मोटर यातायात नपुगेको त्यो समय पैदल हिँड्ने यात्रुको ओहोर-दोहोर बाक्लो नै थियो । कतै-कतै साँगुरो बाटोका कारण रोकिएर अर्कोतिरबाट आउनेहरूलाई बाटो छोडी दिनुपर्ने हुन्थ्यो । अँघा खोला र मनबाग रिडी खोलामा अवस्थित त्यो समयका ठूलै बजार थिए दुई-चारवटा पसल देखिए बजार भनिने समय न थियो । ती दुवै बजारमा हामीले चिया र खाजा खाएका थियौं । खाजामा उसिनेर भुटेको चना, सेल रोटी आदि हुन्थे । दिगाम धरमपानीतिर उखुखेती गरिने, खुदो गुँड बनाएर बेच्ने चलन थियो । त्यसैले त्यतापट्टिका बजारमा गुँड यत्र-तत्र पाइने । मनबागको झोलुंगेपुल निकै आकर्षक थियो । मनबागबाट पारिपट्टि हेर्दा अग्ला-अग्ला घरहरू देखिन्थे । देउले-अर्चले जहाँ म त्यो भन्दा झण्डै डेढ वर्ष पहिले पुगेको थिएँ ।

देउले-अर्चलेमा एकजना थानेश्वर नामका मान्छे भविष्य भाग्य हेर्ने व्यक्ति रहेछन् । जन्म कुण्डली हेरेर ग्रह दशाको आधारमा भाग्य भन्नेहरू ज्योतिषी कहलाउँछन् भने यत्तिकै उनुहार हेरेर वा जोखना हेरेर अन्य विधिबाट हेर्नेलाई प्रभु भन्ने गरिन्थ्यो । त्यो देउले-अर्चले भन्ने ठाउँलाई असारे पनि भनिने भएकाले थानेश्वरलाई असारेका प्रभु भन्ने गरिन्थ्यो ।

बाटो ज्यादै नै घुम्तीहरू भएको छ, त्यसैले उल्टिरोक्ने औषधि सबैले खाउँ । सरले औषधि किनेर दिनुभयो र सबैले खायौं । सायद तो दिन उल्टि नभएपछि बानी पर्‍यो कि मलाई बसको यात्रामा उल्टिको समस्या कहिलै पनि भएन । कसैलाई पनि उल्टि भएन । हामी बर्तुंग आर्य भञ्ज्याङ हुँदै राम्दी पुगेर कालिगण्डकीमाथि बनेको पुल देखेर दंग पर्‍यौं ।

असारेका प्रभुकहाँ टाडाटाडाबाट पनि पुग्ने गरिन्थ्यो । ती प्रभुले राजा महेन्द्रलाई बम आक्रमण हुने तर राजा बँच्ने भनेर गरेको भविष्य वाणी मिलेका कारण दरबारबाट मनग्गे धन सम्पत्ति पाएर उनले त्यहाँ ठूला-ठूला भवन बनाएका रहेछन् । २०३३ सालमा हामी श्री रैनादेवी निम्न माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा त्यहाँ जाँदा कुनै भवनमा वेदवेदाङ्ग संस्कृत माध्यमिक विद्यालय, कुनै भवनमा प्रहरी चौकी कुनैमा हुलाक आदि चलिरहेको देखेका थियौं । असारे प्रभु भने त्यो ठाउँ छोडेर स्याङ्जातिर गएर बसेको जानकारी मिलेको थियो । राज्यसत्ताको आडमा उनले सर्वसाधारणको बारीमा भएका काठपातहरू पनि जबरजस्ती लिने अन्य अत्याचार पनि बढी नै गर्ने गरेकाले त्यो क्षेत्रमा उनको विरुद्धमा लाग्दै गर्दा कम्युनिष्टहरू बढेको र उनीलाई त्यहाँबाट लखेटेको भन्ने सुनिन्थ्यो ।

हामीमाथि पट्टि वन जंगलमा हावा लाग्दा सुसाएको आवाज तलपट्टि रिणी खोलाको कतै सोसाहट त कतै छङछङ आवाज चराचुरुंगीको चिरविर-चिरविर संगीतमय आवाजमा डुबुल्की मार्दै रिडी खोलाको बाटो रिडीनजिक साँख्राको घाट पुग्यौं, जहाँ पणेनाबाट रिणी जाने बाटो मिसिन्थ्यो । साँख्राको पुल छोटो थियो तर त्यो भन्दा अगाडि रिडी बजार नजिकै फूलबारी भन्ने ठाउँमा बनाइएको पुल झनै लामो र आकर्षक पनि रिडी खोला चौडा भएकाले पुल पनि लामो आकर्षक थियो ।

रिडी पुगेर बास बस्यौं । भोलि पल्ट अर्गली हुँदै जोर्ते पुगेर खाना खायौं । तपतप पसिना चुहाउँदै कुरुङ खोलाको उकालो चडेर जोर्ते भन्ने ठाउँमा खाना खायौं । जोर्तेमा साहिँली-माइलीको होटल अलि बढी चल्ने खाना मीठो हुने आदि कुराले चर्चित रहेछ । त्यसपछि पुनः उकालो चढ्दै चण्डी भञ्ज्याङ पुगियो । जीवनारायण सरले तानसेनलाई खानेपानीको व्यवस्थाका लागि सुरुङबाट पाइप छिराएर लगेको देखाउनुभयो । आहा ! यस्तो पहाड नै छेडेर लैजान पनि सम्भव हुँदो रहेछ । हामीलाई अनौठो लाग्यो । पर बतासे डाँडा पुग्दा लागेको चिसो हावाले एकछिन् पहिलेको उकालो चड्दाका पसिना त हराउने नै भयो, चिसो पो लाग्यो त्यहाँ त । अनि कैलाश नगर, शीतलपाटी, पाल्पा दरबार, अनि नारायण मन्दिरको नजिकबाट मोडिएर टुँडिखेलको मैदान हेर्दै बसपार्क पुगियो ।

पोखरा जाने बसको टिकट लिएपछि जीवनारायण सरले भन्नुभयो हेर बाबु हो ! बसमा कसैकसैलाई उल्टि हुन सक्छ । बाटो ज्यादै नै घुम्तीहरू भएको छ, त्यसैले उल्टिरोक्ने औषधि सबैले खाउँ । सरले औषधि किनेर दिनुभयो र सबैले खायौं । सायद तो दिन उल्टि नभएपछि बानी प¥यो कि मलाई बसको यात्रामा उल्टिको समस्या कहिलै पनि भएन । कसैलाई पनि उल्टि भएन । हामी बर्तुंग आर्य भञ्ज्याङ हुँदै राम्दी पुगेर कालिगण्डकीमाथि बनेको पुल देखेर दंग पर्‍यौं । फेरि रिडीमा समथल बनेर बगेको कालिगण्डकी त्यहाँ त जोडेल बगेको देखिने ।
स्याङ्जा, वालिङ हुँदै भालु पहाड पुग्दा देखिने पहाड, घुम्ती र साँगुरो बाटोले मन सिरिंग हुनु त स्वभाविक नै थियो । साँझ पोखरा पुगियो रमाउँदै । महेन्द्र पुल पोखरामा मुक्तिनाथ होटलमा पुगेर सरले कोठाहरू लिनुभएपछि १३ गतेसम्म पोखरामै बिताइयो । पोखरामा बिहान उठेर नुहाइधुवाइपछि महेन्द्र पुलनिर कै नास्ता पसलमा जान्थ्यौं र जेरीपुरी, तरकारी खान्थ्यौं । खाना खान भने थकालीहरूले सञ्चालन गरेका छाप्रे पसलमा जान्थ्यौं, जहाँ अत्यन्त मीठो खाना सहुलियत दर मै पाइन्थ्यो । पोखरेली चामलको भात, कालो दाल (मासको दाल) र टिमुर मिसाएको गोलभेडाको चट्नी आहा स्वादिष्ट भोजन । थकालीको होटलमा मीठो खाना पाउने भएरै रहेछ थकाली होटल र थकाली खानाले प्रशंसा पाएको भन्ने चर्चा पनि गर्‍यौ ।

९ गते पोखरा पुगियो । ११ गतेबाट कार्यक्रम हुने भएकाले १० गते महेन्द्र पुल, रामघाट, चिप्ले ढुंगा, फेवाताल आदि ठाउँमा घुमियो । फेवातालमा रहेको बाराही मन्दिर, डेभिड फल (पाताले छाँगो) पहिलो देख्दा अनौठो लाग्ने । फेवातालमा देखिएको माछापुच्छ्रेको छायाँ, तालमा यताउता कुँदाइने डुंगाहरू । हजुर यता-यता भन्दै बोलाउने डुंगा सञ्चालकहरू । आहा ! कसरी वर्णन गर्नु यी हाम्रा लागि नवीनतम् दृश्यहरू । महेन्द्र पुलबाट हेर्दा त नदी त धेरै तल सानो खोल्सा जस्तो लाग्ने, त्यही नदी रामघाटमा गएर हेर्दा भने चौडा नदी जस्तै ।

११ गते क्षेत्रीय शिक्षा निर्देशनालय पश्चिमाञ्चल पोखराको प्रांगणमा थियो कार्यक्रम । एकजनाले उद्घोषण गरेर त्यो दिन पहिलो चरणमा समूह विभाजन बारे जानकारी गराए चार-चार जिल्लाको समूह बनाइएका थिए । जब औपचारिक रूपमा कार्यक्रम सुरु हुन थाल्यो, उनले भने अब हाजिरीजवाफको कार्यक्रम रेडियो नेपालकी समाचार वाचिका कृष्णा ताम्राकारले सञ्चालन गर्नुहुनेछ । तालिको गडगडाहट भयो, शभाहलमा ठूलै सहभागिता थियो । यसै त पहिलो पल्ट क्षेत्रीयस्तरको कार्यक्रमको सहभागिताको उत्साह, पहिलो पटक पोखराको रमणीय दृश्यावलोकनसहित कार्यक्रममा सहभागी हुन पाएको क्षण । अझ सुनिरहेको सुन्दै आकर्षित गर्ने आवाज, रेडियोमा बोल्ने मान्छेहरू कस्ता हुँदा हुन भन्ने कौतुहलताबीच चर्चित कृष्णा ताम्राकारले नै प्रश्न सोध्ने । अहो त्यो उत्साह त्यो उमंग सायद त्यस्तो अनुभव कहिले गरेको थिइन ।

सरले आकाशवाणी (आवा), गरेर जिल्लामा जानकारी गराउनुभयो । कार्यक्रम सकिएपछि जीवनारायण सरले कृष्णा ताम्राकारसँग भेट्ने अवसर मिलाउनुभयो । व्यक्तिगत परिचयको साथै हामीलाई पेरणा दिने उहाँको त्यो सुमधुर मीठो स्वर अहिले पनि दिमागमा गुञ्जिइरहे जस्तो लाग्छ ।

समूहमा हामी प्रथम भयौ र सेमिफाइनलमा प्रवेश गर्‍यौ । सरले आकाशवाणी (आवा), गरेर जिल्लामा जानकारी गराउनुभयो । कार्यक्रम सकिएपछि जीवनारायण सरले कृष्णा ताम्राकारसँग भेट्ने अवसर मिलाउनुभयो । व्यक्तिगत परिचयको साथै हामीलाई पेरणा दिने उहाँको त्यो सुमधुर मीठो स्वर अहिले पनि दिमागमा गुञ्जिइरहे जस्तो लाग्छ ।

त्यस्तो स्वर कि धनीपछि उहाँले आँखादान गर्न प्रेरित गर्ने र क्यान्सर रोगसँग सम्बन्धित चेतनामूलक कार्यक्रम चलाइरहनुभयो । कृष्णा ताम्राकारको देहावसान भएको खबरले चसक्क घोच्यो । अस्टिन टेक्सासबाट मन भुरुरु उडेर पोखरा पुग्यो । मन त झण्डै ४५ वर्ष पहिले सञ्चालित त्यो हाजिरीजवाफ प्रतियोगितामा सुनेको कृष्णा ताम्राकारको आवाजमा डुबुल्कियो । रेडियो नेपाल नै सुनिरहेजस्तो र कृष्णा ताम्राकारवकै आवाज गुञ्जिरहे जस्तो लाग्यो । भावपूर्ण श्रद्धाञ्जलि कृष्णा ताम्राकार ज्यूप्रति ।

(यस संसस्मरणका पात्रहरूमध्ये जीवनारायण पौडेल सर जनज्योति माध्यमिक विद्यालयबाट सरुवा भई कपिलवस्तुमा अध्यापन गरेर अहिले अवकाश लिइसक्नु भएको छ र हाल बुटवलमा बस्नुहुन्छ । चन्द्र बस्याल गृह मन्त्रालयको अधिकृतस्तरको जागिरबाट अवकाश लिई सक्नुभएको छ र काठमाडौं शंखमूलमा बस्नु हुन्छ । ईश्वरी पाण्डे कृषि मन्त्रालयमा अर्थ विज्ञको रूपमा कार्यरत हुनुहुन्छ भने भेषराज बञ्जाडे बुटवल बहुमखी क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ । पंतिकार अमेरिकामा टेक्सासको अस्टिनमा एभरेष्ट इन्सुरेन्स एजेन्सी सञ्चालन गर्दै हुनुहुन्छ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र गैरनेपाली संघमा सक्रिय हुनहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?