झापा । लोकतन्त्रवादी शिक्षकहरुको पेसागत संगठन नेपाल शिक्षक संघ झापाले भौगोलिक रूपमा दुईसहित जिल्लामा क्रियाशील ३० जना उत्कृष्ट शिक्षकलाई अभिनन्दन र सम्मान गरेको छ । संघको ३५ औँ स्थापना दिवसको अवसरमा उहाँहरुलाई अभिनन्दन र सम्मान गरिएको हो ।
नेपाल शिक्षक युनियन, शिक्षक संघ र नेपाल शिक्षक महासंघको उन्नयनमा पुर्याएको योगदानको उच्च कदर गर्दै प्रकाश भण्डारीलाई अभिनन्दन गरिएको छ। भण्डारी हिमालय मावि दमकका शिक्षक हुनुहुन्छ । उहाँसहित १० जना शिक्षकलाई उत्कृष्ट सम्मान पदान गरिएको छ ।
झापाका तीन पालिका, तीन तह, तीन प्रधानाध्यापक तर्फ हल्दीबारी गाउँपालिकाबाट राष्ट्रिय एकता प्राविका प्रधानाध्यापक द्वारिका सुवेदी, कनकाई नगरपालिकाबाट जानकी आधारभूत विद्यालयका प्रधानाध्यापक इन्दिरा पाठक प्रसाईं र बुद्धशान्ति गाउँपालिकाबाट आदर्श माविका प्रधानाध्यापक करुण पराजुली हुनुहुन्छ ।
समग्र क्रियाशीलताका आधारमा जिल्लाका १५ पालिकाबाट १५ जना शिक्षक सम्मानित हुनुभएको छ । भौगोलिक रूपमा झापा गाउँपालिका र भद्रपुर नगरपालिका उत्कृष्ट भएका छन् । बिर्तामोडमा आयोजित कार्यक्रम नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले अभिनन्दन तथा सम्मान गर्नु भएको हो ।
कोशी प्रदेश कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएको थापाले मुलुकको शैक्षिक विकासको मेरुदण्ड शिक्षक भएकोले राज्यको व्यवहार तदअनुरुप हुनुपर्ने बताउनुभयो । कोशीका पूर्वमुख्यमन्त्री थापाले वैचारिक र अभिव्यक्ति स्वतन्त्रता हरेक नागरिकको संविधान प्रदत्त अधिकार भएकोमा जोड दिनुभयो ।
थापाले कसैको आस्था र विचारमा धावा बोलियो भने लोकतन्त्र कमजोर ठहर्ने टिप्पणी गर्नुभयो। वर्तमान सरकार बक्रदृष्टी लगाउन उद्धत रहेको भन्दै उहाँले शिक्षकलाई पेसाप्रति मर्यादित र अधिकारप्रति चनाखो रहन सुझाउनु भयो।
नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विक, कृष्णमाया रिजाल लगायतले आआफ्नो धारणा राख्नु भएको थियोे । कार्यक्रममा संघका झापा अध्यक्ष तोयानाथ दाहाल ( भास्कर ), उपाध्यक्ष धनकुमारी खरेल ( लता ) र सचिव देवेन्द्रसिंह राजवंशीले संघको कार्यसम्पादन र भावी योजनाका बारेमा प्रष्ट्याउनु भएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच