सुर्खेत । वीरेन्द्रनगरमा हाल बन्द अवस्थामा रहेको ‘हङ्गकङ बजार’ फेरि सञ्चालनमा आउने भएको छ । नगरपालिकाको सरकारी जग्गामा भाडामा विगत तीन दशकयता संचालन भएको ‘हङ्गकङ बजार’ नगरले भाडा फिर्ता लिएपछि बन्द हुन पुगेको थियो ।
केहि समयका लागि बन्द भएको ‘हङ्गकङ बजार’ अब बजाज स्वरुम नजिक कर्णाली राजमार्ग छेउमा संचालन हुने भएको हो । केही समयअघि वीरेन्द्रनगर–६ स्थित हटियालाईन आसपासबाट सञ्चालन हुँदै आएको हङ्गकङ बजार अबदेखि मुख्य राजमार्ग जुम्ला रोडमा पुनर्स्थापन हुन लागेको छ ।
बजाज शो–रुमको आडमा संरचना निर्माण गरी थप सेवासुविधासहित एक महिनाभित्र सञ्चालनमा आउने भएको छ । ‘हङ्गकङ बजार’ संचालनका लागि चाहिने संरचना निर्माणको काम सुरु भइसकेको छ ।
करिब १५ करोड लगानीमा नयाँ व्यवस्थापनसहित ‘हङ्गकङ बजार’ संचालन गर्न लागिएको बजार व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठका अनुसार ‘हङ्गकङ बजार’ का लागि साढे ६ कट्ठा जमिनमा संरचना निर्माण सुरु गरिएको छ ।
‘‘हङ्गकङ बजार’ को पहिलेको ठाउँ छोड्नुपरेपछि व्यवसायीसँगै सर्वसुलभ दरमा सामान किनिरहेका ग्राहक पनि पीडामा छन्’ उहाँले भन्नुभयो, ‘अब ‘हङ्गकङ बजार’ निर्माणको काम सुरु भईसकेको छ, असार महिनाअघि नै नयाँ ठाउँमा नयाँ व्यवस्थापनसहित सेवा दिनेछौं ।’
अब बन्ने ‘हङ्गकङ बजार’ क्षेत्रमा ५० वटा सटर रहनेछन् । ५० जना व्यवसायीसहित २५० जनाले नयाँ संचालन हुने बजारबाट प्रत्यक्ष रोजगारी पाउने समितिले जनाएको छ । अब नयाँ व्यवस्थापनसहित संचालनमा आउने हङ्गकङ बजारमा फेन्सी पसलका साथै साकाहारी तथा मांसहारी एक/एक वटा रेष्टुरेण्ट पनि हुनेछन् । बजार क्षेत्रभित्रै पार्किङको पनि व्यवस्था रहनेछ ।
यसअघि सञ्चालनमा भएको क्षेत्र नगरपालिकाको स्वामित्वमा रहेकोले नगरपालिकाले सार्वजनिक संरचना बनाउन व्यवसायीहरुलाई खाली गर्न लगाएको थियो । विनाविकल्प व्यवसाय गरिरहेको ठाउँ छोड्नुपरेपछि व्यवसायीहरु मर्कामा परेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच