काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय छानबिन समिति बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले संसदीय छानबिन समिति बनाउने बताउनुभएको जानकारी दिनुभएको हो ।
उहाँले नेपाली काँग्रेससँग प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रश्तुत गर्न दिन आग्रह गर्नुभएको र आफूले संसदीय छानबिन समिति बनाउन कोशिस गर्ने र समिति बनाउने काममा लाग्ने प्रतिवद्धता जनाउनुभएको बताउनु भयो । उहाँले संसदीय समिति नबनेसम्म सरकारी काममा काँग्रेसले संसदमा प्रवेश गर्न नदिने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले नीति तथा कार्यक्रम राष्ट्रपतिजीलाई सम्बोधन गर्न दिनुस्, मैले यहाँ समिति बनाउने कोशिस गर्दछु, भन्ने प्रतिवद्धता गर्नुभएको हो । समिति बनाउने काममा लाग्छु भन्ने प्रतिवद्धता गर्नुभएको हो । जबसम्म संसदीय छानबिन समिति बन्दैन, हामी सरकारी काममा प्रवेश गर्दैनौँ ।’
उहाँले नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्र अघि बढाउने ठोस नीति लिन नसकेको जिकिर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच