काबुल । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा बाढीका कारण झण्डै ४० हजार बालबालिकाले आफ्नो घर गुमाएको परोपकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ । बालबालिकाले आफ्नो घरमात्र नभई विद्यालय र खेल्ने ठाउँका साथै आफन्तजनसमेत सबै गुमाएका अफगानिस्तानस्थित उक्त संस्थाका निर्देशक अर्सद मलिकले बताउनुभयो ।
विश्व खाद्य कार्यक्रमको अफगानिस्तानस्थित कार्यालय र स्थानीय अफगान अधिकारीका अनुसार देशभर बाढीबाट ३३० जनाभन्दा बढीको मृत्यु भएको छ । बाढीमा बाघलान, तखार, बदख्सान र घोर प्रान्तमा धेरैको मृत्यु भएको हो ।
अफगानिस्तानका अधिकारीहरूले बाढीबाट मृत्यु हुनेको संख्या बढ्न सक्ने तथा बालबालिका संक्रामक रोगको सिकार हुनसक्ने चेतावनी दिएका छन् । विश्व स्वास्थ्य संगठनले सोमबार बाढी प्रभावित क्षेत्रमा संक्रमणको जोखिम अनुगमन गर्न आठ आपत्कालीन प्रतिकार्य टोली परिचालन गरेको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच