काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)को महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त हुनुभएको छ । सिएनआईको १८औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । अध्यक्ष राजेशकुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
उत्पादनमूलक एवं सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्थाका रूपमा सिएनआईले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना, आर्थिक विकासका लागि सक्रियतापूर्वक काम गरिरहेको भन्दै उहाँले नवनियुक्त महानिर्देशकबाट सिएनआईको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।
नवनियुक्त महानिर्देशक ओझाले सिएनआईले अघि बढाइरहेको अभियान थप प्रभावकारी बनाउने गरी काम गर्ने बताउनुभएको छ । द काठमाडौं पोष्ट, नेपाल रिपब्लिक मिडियामार्फत् पत्रकारिता गरी लगानी बोर्डको कार्यालय, नेपाल पूर्वाधार बैंकलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थामा काम गरिसक्नुभएको ओझाले जनप्रशासनमा विद्यावारिधि गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच