![सीता उत्पत्ति दिवस एवं जानकी नवमी पर्व हर्षोल्लासपूर्वक मनाइयो](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/janaki-nawami.jpg)
लण्डन । पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो फोर्बसले सार्वजानिक गर्ने सर्वाधिक धनाड्य खेलाडीको शीर्ष स्थानमा रहन सफल हुनुभएको छ । पोर्चुगिज स्टार रोनाल्डो लगातार चौंथोपटक शीर्ष स्थानमा रहनुभएको हो ।
गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सूचीको शीर्षस्थानमा हुनुहुन्थ्यो । यसवर्ष पनि उहाँ शीर्षस्थानमा रहनुभएको हो । रोनाल्डो साउदी क्लब अल नासरमा २०२२ मा कीर्तिमानी मुल्यमा आबद्ध हुनुभएको थियो । उहाँले सन् २०२५ सम्मको सम्झौता गर्नुभएको छ ।
बिजनेस म्यागजिन फोर्ब्सका अनुसार ३९ वर्षीय पोर्चुगल फरवार्डले पछिल्लो १२ महिनामा १३६ मिलियन डलरदेखि २६० मिलियन डलर कमाउनुभएको छ ।
रोनाल्डोका अर्जेन्टिनी प्रतिद्वन्द्वी लियोनल मेस्सी तेस्रो स्थानमा झर्नुभएको छ । यो सूचीमा गल्फका जोन रहम दोस्रो स्थानमा उक्लिनुभएको छ । स्पेनिस गल्फरले साउदी अरबको सहयोगमा भएको लिभ गल्फ टुरपछि २१८ मिलियन डलर कमाई गरेको रिपोर्टमा उल्लेख छ । साउदी प्रो लिगमै प्रस्थान गरेपछि ब्राजिली फुटबलर नेयमार र फ्रान्सेका करिम बेन्जेमा पनि फोर्बसको शीर्ष १० मा अटाउनुभएको छ ।
सबैभन्दा धेरै कमाउने खेलाडीहरू
१. क्रिस्टियानो रोनाल्डो, फुटबल-२६० मिलियन डलर
२. जोन रहम, गल्फ-२१८ मिलियन डलर
३. लियोनेल मेस्सी, फुटबल-१३५ मिलियन डलर
४. लेब्रोन जेम्स, बास्केटबल-१२८.२ मिलियन डलर
५. जियानिस एन्टेटोकोनम्पो, बास्केटबल-१११ मिलियन डलर
६. केलियन एमबाप्पे, फुटबल-११० मिलियन डलर
७. नेयमार, फुटबल-१०८ मिलियन डलर
८. करिम बेन्जेमा, फुटबल-१०६ मिलियन डलर
९. स्टेफन करी, बास्केटबल-१०२ मिलियन डलर
१०. लामार ज्याक्सन, अमेरिकी फुटबल-१००.५ मिलियन डलर ।
एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच