म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ पिपलबोटमा खेतबारीमा लगाइएको गाँजा शनिवार प्रहरीले फँडानी गरेको छ । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी नायव निरिक्षक हरिबहादुर थापाको नेतृत्वमा गएको टोलीले दुईसय वटा गाँजाका बोट फँडानी गरेको जनाएको छ ।
स्थानीय यूवा तथा बाहिरबाट आउनेबाट गाँजाको प्रयोग हुन सक्ने भन्दै समुदायको पहलका खोजीखोजी नष्ट गरिएको प्रहरीले जनाएको छ । संकलित गाँजाका बोट वडा अध्यक्ष भुपेन्द्रबहादुर क्षत्री, आमा समूह तथा स्थानियवासीहरुको रोहवरमा जलाएर नष्ट गरेको थियो ।
समाजलाई विकृतिबाट रोक्न जिल्लाको अन्य ठाउँमा भएको गाँजा खेती नष्ट गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्राकृतिक रूपमा रहेका गाँजा प्रयोग नहोस् भनेर जिल्लाका सबै स्थानीय तहमा यो अभियान सञ्चालन गरिएको छ । म्याग्दीको सहरबजार बाहेक ग्रामिण क्षेत्रमा समेत लागु पर्दाथ, औषधको प्रयोगकर्ता बढ्दै जान थालेपछि अभियान नै सञ्चालन गरेको प्रनानि थापाको भनाइरहेको छ ।
प्रहरीको हिरासतमा र प्रहरीको निगरानीमा रहेका लागु औषधका प्रयोगकर्तामध्ये करिब ८० प्रतिशतले गाँजाको सेवनबाटै शरीरका विभिन्न भागबाट प्रयोग गर्ने सिरिन्जको खोजी गर्ने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।
म्याग्दीमा गाँजाका बोट रोप्ने भन्दा पनि प्राकृतिक रुपमा बढी मात्रामा उम्रने गरेको पाइएको छ । नेपालमा दुई प्रकारका लागुऔषधको उत्पादन हुन्छ । एक गाँजा, अर्को अफिम । दुबै प्रकारको उत्पादनबाट म्याग्दी उच्च जोखिममा रहेको छ । लागुऔषधको प्रयोग र ओसार पसारले समाजमा विभिन्न खाले अपराध निम्त्याएकाले न्यूनीकरण गर्दै लैजान प्रहरीले अभियान चालेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच