
काठमाडौं । सहकारी प्रकरणको छानबिन गर्न गठित कार्यदलमा बन्ने कार्यादेशबारे बाँकी सहमति जुटाउन अहिले बस्न लागेको प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
कार्यदलको कार्यादेशमा दलहरु सहमति नजिक पुगेपनि सहमति नै भने हुनसकेको छैन । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार बसेको कार्यदलको बैठक सहमतिमा नपुगी टुंगिएको हो ।
कार्यदलका सदस्य नेपाली कांग्रेसका सांसद जीवन परियारका अनुसार, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राखेरै छानबिन समिति बनाउने कुरामा रास्वपाको अडान कायमै छ।
कार्यदलले तयार पार्ने टीओआरका बारेमा विभिन्न ढंगबाट छलफल चलिरहेको र अन्तिम निष्कर्ष ननिस्किएको उहाँले बताउनु भयो । परियारले आजको संसदको बैठकपछि कार्यदलको बैठक बस्ने जानकारी दिनुभयो ।
‘छलफल सकारात्मक ढंगबाट अघि बढेकै छ,’ उहाँले भन्नुभयो, ‘फेरि बस्नेगरी छलफल अघि बढेको छ।
यस्तै कार्यदलका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले समग्र सहकारीमा छानबिन गर्नुपर्ने बताउनु भयो। कुनै एक व्यक्तिलाई आजै दोषी हो भनेर उहीमाथि मात्रै छानबिन हुनु न्यायोचित नहुने उहाँले बताउनु भयो ।
यता प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ ।
आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा फेरि ४:३० बजेका लागि निर्धारण गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मा उठाउँदै आएको सहकारी संस्थाहरुको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नेबारे दलहरू सहमत भए पनि समितिको कार्यादेश टुङ्गो लाग्न सकेको छैन ।
छानबिन समितिको कार्यादेशबारे अहिले पनि दलहरू छलफलमै छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच