काठमाडौं । सिरब लो तामाङको दुई गोलप्रेरित पुल्चोक स्पोर्ट्स क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा स्पोर्ट्स एकेडेमी साँगाविरुद्ध पाँच-एकको सहज जित निकालेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा पुल्चोकलाई जित दिलाउन सिरबले दुई गोल गर्नुभयो भने सागर थिङ, सुमन श्रेष्ठ र विशाल बिसीले समान एक गोल गर्नुभयो । साँगाका विकास परियारले एक गोल फर्काउनुभएको थियो ।
खेलको १५औँ मिनेटमा सागरले गोल गर्दै पुल्चोकलाई अग्रतामा राख्नुभएको थियो । २६औँ मिनेटमा सिरबले गोल गरेपछि पहिलो हाफमा पुल्चोकले २-० को अग्रता बनाएको थियो । ४६औँ मिनेटमा सुमनले गोल गर्दै पुल्चोकलाई ३-० को अग्रतामा राख्नुभयो ।
८०औँ मिनेटमा विशालले पुल्चोकका लागि चौथो गोल गर्नुभएको थियो । ८३औँ मिनेटमा साँगाका विकासले गोल फर्काउँदै पुल्चोकको अग्रतालाई चार-एकमा झार्नुभएको थियो । तर, खेलको अन्तिम मिनेटमा सिरबले दोस्रो गोल गरेपछि पुल्चोकले पाँच-एकको सहज जित पक्का गरेको हो ।
जितसँगै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको पुल्चोकले नौ खेलबाट १९ अंक जोडेको छ । समान खेलबाट १२ अंक जोडेको साँगा तालिकाको सातौँ स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच