काठमाडौं । कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया पक्राउपछि गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट विज्ञप्ति जारी भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिरोहियामाथिको अनुसन्धान प्रेस स्वतन्त्रतामाथिको हनन नभएको बताएको छ ।
सिरोहिया पक्राउमा लामिछानेको पूर्वाग्रहको भूमिका रहेको भनेर आलोचना भइरहेको बेलामा रास्वपामा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा कानुन भन्दामाथि कोही नहुने कुरा नै विधिको शासनको सौन्दर्य भएको उल्लेख छ ।
विज्ञप्तिमा धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले सिरोहियालाई पक्राउ गरिएको भन्दै विधिको शासनलाई सरकारले ख्याल गरेको उल्लेख गरिएको छ ।
साथै रास्वपाले नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ।
विधिको शासनको अर्को सौन्दर्य हो : कानुन भन्दामाथि कोही हुँदैन जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत भएको विज्ञप्तिमा उल्लेख छ ।
नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएको बताउँदै रास्वपाले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ । न्यायको विधि पुगोस् । सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस् । अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जीत होस् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच