
भोजपुर । त्रिभुवन बिश्वबिद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुका लागि आयोजना गरिएको शोध तथा अनुसन्धान मुलक दुई दिने कार्यशाला सम्पन्न भएको छ ।
क्याम्पसको बिभिन्न तहमा अध्यनरत बिद्यार्थीहरुका लागि भोजपुर नगरपालिकाको सहयोगमा सामाजिक बिकास तथा अनुसन्धान केन्द भोजपुरले आयोजना गरेको दुई दिने कार्यशाला बिहिवार सकिएको हो । केन्द्रका अध्यक्ष सुरेन्द्र कार्कीको अध्यक्षतामा तथा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेको प्रमुख आतिथ्यमा कार्यशाला सम्पन्न भएको हो ।
कार्यशालाका सहभागिहरुलाई शोध तथा अनुसन्धान लेखनका बिषयमा बिषय बिज्ञहरु क्याम्पसका सहप्राध्यापक डा. पर्वत कुमार राई, उपप्राध्यापक प्रकाश राई, उपप्राध्यापक उत्तम सिं राई लगायतले सहजीकरण गर्नु भएको थियो । सहभागिहरुलाई एक कार्यक्रमका बिच नगरप्रमुख आले, क्याम्पसका प्रमुख भोलानाथ राई, सहप्राध्यापक डा. राई, आयोजक संस्थाका अध्यक्ष कार्की, पत्रकार निरोज कोइराला, प्राध्यापक, बिषय बिज्ञहरु लगायतले प्रमाण पत्र बितरण गर्नु भयो ।
सोक्रममा नगर प्रमुख आलेले क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुले प्रयोग गर्र्ने गरी एक थान फोटोकपी सहितको प्रिन्टर क्याम्पस प्रमुखलाई हस्तान्तरण गर्नुभयो । नगर प्रमुख आलेले बिद्यार्थीका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यशालाका सहभागि बिद्यार्थीहरुले भने कार्यक्रम आफुहरुका लागि उपयोगी भएको बताउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच