काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ट्वान्टी-२० विश्वकपको तयारीका लागि क्यानले गर्न सक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको उल्लेख गर्नुभएको छ । पूर्वकप्तानसमेत रहनुभएका पारसले विश्वकपअगाडि नेपालले म्याच एक्सपोजर र अन्य आवश्यक सुविधाका विषयमा क्यानले राम्रो तयारी गरेको उल्लेख गर्नुभयो । उहाँले विश्वकपअगाडि ४० देखि ५० वटा ट्वान्टी-२० विश्वकप खेल्नुपर्छ भन्ने उद्देश्यअनुरूप नै नेपाली टोलीले क्रिकेट खेलेको बताउनुभयो ।
फरक-फरक कन्डिसनमा लगातार क्रिकेट खेलेको उल्लेख गर्दै उहाँले यी सबै तयारी हेर्दा क्यानले खेलाडीलाई सबैथोक दिएको उहाँको विश्वास छ । पूर्वकप्तान पारसले नेपाली टोलीबाट समर्थकले धेरै नै अपेक्षा गर्ने गरेको बताउनुभयो । सामाजिक सञ्जालको माहोल नेपालले विश्वकप नै जित्नुपर्छ भन्ने खालको पनि रहेको बताउँदै उहाँले खेलाडीले राम्रो खेले खुसी हुनु राम्रो भएको तर नराम्रो हुँदा धेरै आलोचना गर्नुनहुने उहाँले बताउनुभयो । नेपालको साधन स्रोतभन्दा बढी अपेक्षा गर्नुनहुने उहाँको तर्क छ ।
अधिकांश टोलीले अमेरिका र वेष्ट इण्डिजमा नै बेस बनाएर तयारी गरिरहेको उहाँले बताउनुभयो । खेलाडीमाथि धेरै दबाब सिर्जना गर्नुनहुने र अहिले विश्वकप खेलेको सेलिब्रेसन गर्ने अवस्था रहेको क्यानका सचिव पारसको बुझाइ छ ।
उहाँले खेलाडीले ज्यान लगाएर आफूलाई प्रस्तुत गर्छन् भन्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वकपमा हामीले समूह चरण चारमध्ये तीनवटा टेष्ट राष्ट्रसँग खेल्दैछौँ । एउटा टेष्ट राष्ट्रलाई हराएर दुईवटा म्याच जित्यौँ भने दोस्रोचरण जाने सम्भावना छ । नेदरल्याण्ड्ससँग एसोसिएटमा खेलिरहेका छौँ र हराएको इतिहास पनि छ । तर, ट्वान्टी-२० फम्र्याटको एउटा प्लस प्वाइन्ट के हो भने कुनै पनि टिमलाई कुनै पनि टिमले हराउन सक्छ । श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्दा हामीलाई भन्दा उनीहरूलाई दबाब छ ।’ नेपालले राम्रो प्रदर्शन गर्छ भनेर आशा र भरोसा पनि छ । उहाँले सन्दीप लामिछाने टिममा आएपछि अन्य खेलाडीको हौसला बढेको समेत बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच