काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अञ्जन विष्ट चिनियाँ स्पोर्ट्स वेयर ‘३६१ डिग्री’ को ब्राण्ड एम्बासडर बन्नुभएको छ । शनिबार नेपालका लागि स्पोर्ट्स ब्राण्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कार्की र अञ्जनबीच सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता तीन वर्षको हुनेछ ।
कम्पनीले अञ्जनलाई तीन वर्षसम्म पोशाक उपलब्ध गराउनेछ । आर्थिकसम्बन्धी विषय भने दुवैतर्फबाट गोप्य राखिएको छ । सिइओ कार्कीले पहिलोपटक फुटबलमा त्यो पनि अञ्जनसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताउनुभयो । ‘हामीले पहिलोपटक फुटबलमा सहकार्य गरेका छौँ । अञ्जनसँग सहकार्य गर्न पाउनु हाम्रा लागि खुसीको क्षण हो,’ कार्कीले भन्नुभयो ।
कम्पनीले नेपालमा फुटसल, बास्केटबलमा यस्ता सहकार्य गर्दै आएको छ । विगत ६ वर्षदेखि पिस प्वाइन्ट कप आयोजना गरिरहेको छ । सम्झौतापछि अञ्जनले अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्दा खुसी भएको बताउनुभयो । उहाँले यस्ता प्रायोजक आउँदा फुटबलमै लाग्न प्रेरित गर्ने बताउनुभयो ।
सन् २०१४ मा फिलिपिन्सविरुद्ध डेब्यु गर्नुभएका अञ्जनले हरि खड्का र निराजन रायमाझीले गरेको १३ गोलको कीर्तिमान बराबर गर्नुभएको छ । दशरथ रंगशालामा भएको लाओसविरुद्ध गोलसँगै उहाँले कीर्तिमान बराबर गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच