काठमाडौं । चलचित्र ‘सानो संसार’का शुभमुहूर्त गरिएको छ । निर्माता अर्जुन कुमारको लगानीमा निर्माण हुन लागेको यो शुक्रबार शुभमुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । चलचित्रकी मुख्य कलाकार सीतादेवी तिमल्सिनाले मुहूर्त सट दिनुभएको थियो ।
चलचित्रमा सीतासँगै राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर सिवाकोटीलगायतको अभिनय रहने जनाइएको छ । निर्माता अर्जुनले नयाँ कलाकारलाई लिएर चलचित्र निर्माण गर्न लागेको बताउनुभयो । १६ वर्षअगाडि यही नाममा आलोक नेम्वाङले निर्माण गरेको चलचित्रसँग यसको कुनै पनि सम्बन्ध नरहेको उहाँले बताउनुभयो ।
चलचित्रलाई सिद्धार्थ पुडासैनी निर्देशन गर्दै हुनुहुन्छ । उहाँले यही चलचित्रबाट लेखन तथा निर्देशनमा डेब्यु गर्न लाग्नुभएको हो । उहाँलाई चलचित्रको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाउनुभएको छ । काठमाडौं, धादिङ र नुवाकोटमा छायांकन गरिने यो चलचित्र आगामी दशैँको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । चलचित्रको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच