पाकिस्तानमा वर्षाका कारण ३९ जनाको मृत्यु

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । पाकिस्तानमा विगत तीन दिनमा वर्षाका कारण भएका दुर्घटनामा ३९ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बताएको छ । देशको पूर्वी पञ्जाव वर्षाबाट सबैभन्दा बढी प्रभावित भएको थियो ।

चट्याङका घटनाहरूमा २१ जनाको मृत्यु भएको थियो । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा छाना ढलेर र चट्याङ लागेर सात जनाको मृत्यु भएको छ । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा घरको छाना खस्दा बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।

पाकिस्तान नियन्त्रित कश्मीरमा, दुई जनाको नदीमा चिप्लिएर मृत्यु भएको छ । उत्तरी गिलगिट-बाल्टिस्तान क्षेत्रमा हिमपहिरोमा दबिएर एक व्यक्तिको मृत्यु भएको छ ।

बलुचिस्तानमा कुल ३७ घर, एउटा पुल र दुई सडकमा क्षति पुगेको छ भने खैबर पख्तुनख्वामा १५ घर भत्किएका छन् । मंगलवारबाट देशका अधिकांश स्थानमा भारी वर्षा, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?