
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वतन्त्र न्यायपालिका बिनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेस बिनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । शुक्रबार एक कार्यक्रमबीच प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयको स्वतन्त्रताका लागि प्रेससमेत स्वतन्त्र हुनुपर्ने तर्क गर्नुभएको हो । न्यायपालिका र सञ्चार जगत् लोकतन्त्रका महत्वपूर्ण आधार स्तम्भहरू भएको बताउँदै उहाँले न्यायपालिका र सञ्चार जगत्को अभावमा लोकतन्त्र बलियो हुन नसक्ने जिकिर गर्नुभएको हो ।
‘न्यायपालिका र सञ्चार जगत् लोकतन्त्रका महत्वपूर्ण आधार स्तम्भहरू हुन् । यसको अभावमा लोकतन्त्र बलियो हुन सक्दैन । साथै स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको सुनिश्चितता बिना कानुनको शासन समृद्ध बन्न सक्दैन,’ प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, ‘नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता, सक्षम, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको अवधारणालाई आत्मसाथ गरेको छ । त्यसैले स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रतालाई एक–अर्काको परिपूरक र अन्तरसम्बन्धित आवरण वा मान्यताका रूपमा लिने गरिन्छ ।’
स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको सुनिश्चितता बिना कानुनको शासन समृद्ध बन्न नसक्ने बताउँदै उहाँले नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता, सक्षम, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको अवधारणालाई आत्मसाथ गरेको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रतालाई एक–अर्काको परिपूरक र अन्तरसम्बन्धित आवरण वा मान्यताका रूपमा लिने गरिएको बताउनुभयो ।
‘स्वतन्त्र न्यायपालिका बिनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेस बिनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन । न्यायपालिका र सञ्चार क्षेत्रको भूमिका र जिम्मेवारी फरक भए पनि लक्ष्य, उद्देश्य एउटै हो भन्ने मलाई लाग्छ,’ उहाँले थप्नुभयो, ‘त्यो हो स्वतन्त्र न्याय, नागरिक अधिकारको संरक्षण, न्यायपूर्ण समाजको प्रत्याभूति गर्नु नै हो । न्यायपालिका र संविधानको आत्मा नागरिकको आस्थाबाट जीवन्त हुने संस्था हो । नागरिकका त्यस प्रकारका आस्था र भरोसा सावित गर्न सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ ।’
प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका र संविधानको आत्मा नागरिकको आस्थाबाट जीवन्त हुने संस्था भएको बताउँदै न्यायपालिकाको जिम्मेवारी, भूमिका र कार्यप्रगति विशिष्ट र संवेदनशील हुने भएकाले न्यायपालिकाको कार्यप्रकृति र त्यसको संवेदनशीलताका बारेमा सञ्चार जगत्लगायत सम्बद्ध सबैमा सोही अनुरूपको दृष्टिकोण रहनु वाञ्छनीय हुने पनि बताउनुभयो ।
न्यायपालिकाको आभास भनेको न्याय सम्पादनको रोहमा गर्ने फैसला र आदेश रहेको बताउँदै स्वतन्त्र न्यायपालिकाका मूल्य, मान्यतालाई अक्षुण्ण राख्नुपर्ने उहाँको भनाइ थियो । ‘न्यायपालिकाको जिम्मेवारी, भूमिका र कार्यप्रगति विशिष्ट र संवेदनशील हुन्छ । न्यायपालिकाको कार्यप्रकृति र त्यसको संवेदनशीलताका बारेमा सञ्चार जगत्लगायत सम्बद्ध सबैमा सोही अनुरूपको दृष्टिकोण रहनु वाञ्छनीय हुन्छ । न्यायपालिकाको आभास भनेको न्याय सम्पादनको रोहमा गर्ने फैसला र आदेश नै हो,’ उहाँले भन्नुभयो ।
समाचारमा आएको विषयले न्यायाधीश फैसला गर्नै डराउनु हुँदैन : न्यायाधीश फुँयाल
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले कतिपय न्यायाधीशहरू मिडिया ट्रायलको प्रभावमा पर्ने गरेको बताउनुभएको छ । शनिबार एक कार्यक्रमबीच बोल्दै उहाँले उच्च तहका व्यक्तिहरूको संलग्नता हुने मुद्दाहरूमा न्यायाधीशहरू मिडिया ट्रायलको प्रभावमा पर्ने देखिएकाले न्यायाधीशहरू बहकिन नहुने बताउनुभएको हो ।
‘अहिलेकै केही हाइप्रोफाइल केसेसहरू हामीले उदाहरणका रूपमा लिन सक्छौँ । कतिपय जजहरूलाई एकदम त्यसको सिन्ड्रोम बसिसकेको हुन्छ । कतिपय कोर्ट अफिसर्स र जजहरूलाई त्यसको प्रभाव परिरहेको हुन्छ’ न्यायाधीश फुँयालले भन्नुभयो, ‘मिडियाले के भन्ला, कसो भन्ला, भन्ने सिन्ड्रोम तयार भइसकेको हुन्छ, हामी त्यो चरणमा छौँ । अहिले पछिल्लो चरणमा क्रमशः पोजेटिभ रिपोर्टिङ हुँदै गएको छ ।’
न्यायाधीश फुँयालले अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रूपमा स्थापित गराउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक अदालती रिपोर्टिङलाई छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउनुपर्ने बताउनुभएको हो । ‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको बताउँदै उहाँले अदालती रिपोर्टिङका चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको हो ।
‘अहिलेको लिगल रिपोर्टिङका केही चुनौतीहरू छन् । लिगल रिपोर्टिङ अहिले राजनीतिक रिपोर्टिङसँग गाँसिएर आउने गर्दछ । तर, मेन स्ट्रिम पोलिटिकल न्युजहरूबाट लिगल रिपोर्टिङलाई छुट्याएर छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउन वास्तवमा अझै बाँकी छ,’ उहाँले भन्नुभयो, ‘अहिले रिपोर्टिङ कस्तो छ भन्दा हाई प्रोफाइल केसहरूको रिपोर्टिङ गर्दा स्क्याण्डलाइज गरेको जस्तो देखिन्छ ।’ अहिलेको अदालती रिपोर्टिङ राजनीतिक रिपोर्टिङसँग जोडेर लिने गरिएको उहाँले उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच