विद्युत् कटौतीले समस्या

हिमालय टाइम्स
Read Time = 3 mins

वीरगञ्ज । औद्योगिक नगरी बारा र पर्सामा विद्युत्‌काे माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प-झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ ।

बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक तीन सय मेगावाट विजुलीको माग भए पनि अहिले दुई सय मेगावाटको हाराहारीमा मात्रै विद्युत् आपूर्ति हुँदै आएको छ । त्यसैले बेला बखतमा यहाँ विद्युत् झयाप्प-झ्याप्प जाने समस्या देखिएको हो ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुबे विद्युत्‌काे माग र आपूर्तिबीच सन्तुलन नहुँदा बेला बखत ट्रिपिङ हुने समस्या रहेको बताउनुहुन्छ । “बारा-पर्सा औद्योगिक कोरिडोरमा तीन सय मेगावाट विद्युत्‌काे माग छ”, उहाँले भन्नुभयो, “रक्सौल-परवानीपुर एक सय ३२ केभीको प्रसारण लाइनबाट एक सय ४० मेगावाट विद्युत् भारतबाट आयात हुँदै आएको छ । अन्य ६० मेगावाट विद्युत् ११ केभीको प्रसारण लाइनबाट आपूर्ति हुँदै आएको छ ।”

प्रमुख दुबेले बारा-पर्साका औद्योगिक क्षेत्रलाई प्राथमिकताका साथ विद्युत्् उपलब्ध गराउँदै आएको बताउनुभयो । बारा र पर्सामा अत्यधिक गर्मी बढेकाले पनि घरासयी तथा औद्योगिक क्षेत्रको विद्युत्‌काे माग अत्यधिक बढिरहेकाले पनि बेला बखतमा ट्रिपिङ हुने गरेको उहाँको भनाइ छ ।

प्रमुख दुबेका अनुसार परवानीपुर-पिलुवा एक सय ३२ केभीको डबल सर्किट लाइनको प्रसारण लाइनमध्ये एउटा लाइनको कन्डक्टर अपग्रेडको काम भइरहेको छ । “कन्डक्टर अपग्रेडको काम केही समयभित्रै सक्ने प्रयास भइरहेको छ । त्यसपछि वितरण लाइनमा केही सहजता आउनेछ”, उहाँले भन्नुभयो । उक्त समस्या एक महिनाभित्र समाधान हुने उहाँ बताउनुहुन्छ । वीरगञ्ज वितरण केन्द्रअन्तर्गत कूल ५६ हजार ग्राहक रहेका छन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?