सुन र चाँदीको मूल्य बढ्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु सुनकाे मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको हाे । आइतबार प्रतितोला रु एक लाख ३६ हजार नौ सयमा कारोबार भएको सुनकाे मुल्य आज रु एक लाख ३७ हजार दुई सय कायम भएको छ ।

यस्तै, तेजावी सुनको मूल्य प्रतितोलामा रु तीन सयले बढेर रु एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ । साथै चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु एक हजार आठ सय ८० कायम भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?