![रक्सीसित मासुकै सितन किन ?](https://ehimalayatimes.com/wp-content/uploads/2022/10/dashin-masu-raksi-hita.jpg)
काठमाडौं । साहित्यकार क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’ लोेकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री तथा साहित्यकार झलनाथ खनालको प्रमुख आतिथ्यमा उक्त कृतिको लोकार्पण गरिएको हो ।
समारोहमा समीक्षक राजकुमार बानियाँ, लेखक क्रान्ति पराजुली र प्रमुख अतिथि खनालसित कवि महेश कार्कीले अन्तक्र्रिया गर्नुभएको थियो । अन्तक्र्रियामा प्रमुख अतिथि खनालले नेपाली साहित्यमा नौलो विषय, परिवेशमा नेपाली महिलाले लेखेको उपन्यास सम्पूर्ण महिलाले पढे सकारात्मक ऊर्जा प्राप्त हुने बताउनुभयो ।
उहाँले यो उपन्यासले महिलालाई मात्र नभएर सबैलाई उत्प्रेरणा मिल्ने जिकिर गर्नुभयो । समीक्षक बानियाँले राजनीतिक विषयमा लेखिएको उपन्यासमा प्रेमको आदर्श चरित्र गरिएको सुनाउनुभयो । भाषाशैलीले आफूलाई प्रभाव पारेको भन्दै उहाँले पाठकले पढ्दा आनन्द आउने दाबी गर्नुभयो ।
उपन्यासकार पराजुलीले आफूले युवालाई स्वदेशमा नै बस्ने प्रेरणा मिल्ने गरी उपन्यास लेखेको र आफू सदैव आशावादी रहेको कुरा बताउनुभयो । शिखा बुक्सले प्रकाशन गरेको यस उपन्यासको मूल्य ४७५ राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच