काठमाडौं । नेपाल एसबिआई बैंकले नेपाल र भारतबीचको सीमापार भुक्तानी सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंकका ग्राहकले नेसनल पेमेन्ट इन्टरफेस(एनपिआई) का माध्यमबाट भारतमा रहेको आफ्नो बैंक खातामा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।
त्यसैगरी भारतमा बसोबास गर्ने नेपालीले पनि युनिफाइड पेमेन्ट इन्टरफेस(युपिआइ)का माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खातामा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा र एनसिएचएलतर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा एनसिएचएलतर्फबाट प्रमुख सञ्चालन अधिकृत श्रीमती मुन्नी राजभण्डारी र व्यवसाय प्रवद्र्धन अधिकृत मनिषकुमार पटेल तथा बैंकतर्फबाट प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल, मुख्य प्रबन्धक सुरज मानन्धरलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच