लोटस एकेडेमीको पहिलो वार्षिकोत्सव : चारजना अनाथ बालबालिकालाई निःशुल्क पढाइने

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

कालीकोट । २०७३ सालमा स्थापना भएर सञ्चालनमा आएको कालीकोटको सदरमुकाम मान्ममा रहको लोटस विकास एकेडेमी बोर्डिङ्ग स्कुलले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ ।

मंगलबार एक औपचारीक कार्यक्रमकाबीच लोटसले विभिन्न सांस्कृतिक कार्यक्रमसहित स्थापनाको पहिलो वर्षलाई स्वागत गर्दै वार्षिकोत्सव मनाएको हो । ०७३ सालमा लोटसको स्थापना भएको भएपनि विविध कारणबस नियमित सञ्चालनमा आउन सकिरहेको थिएन ।

स्थापनाको ६ वर्षपछि शैक्षिकसत्र २०८०/०८१ मा कक्षा नर्सरी देखि ६ कक्षासम्म गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ लोटस विकास एकेडेमी बोर्डिङ्ग स्कुल सञ्चालनमा आएको र सोहीँ अनुसार यसलाई स्थापनाको पहिलो वर्षका रुपमा स्वागत गरिएको प्रिन्सिपल सन्तोष पौडेलले बतानुभयो ।

स्कुल स्थापनाको छोटो समयमै विद्यार्थी र अभिभावको मन जित्न सफल भएकोमा आफूलाई खुसी लागेको पत्रकार पुष्पराज भट्टराइले बताउनुभयो । पछिल्लो समय सामुदायिक विद्यालय र अन्य नीजि विद्यालयहरुभन्दा फरक ढंगले अध्यापन गराउँदै आइरहेकाले छोटो समयमै उत्कृष्ट बन्न सफल भएको उहाँको भनाई छ ।

मंगलबा सम्पन्न पहिलो वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा लोटस विकास एकेडेमी बोर्डिङ्ग स्कुलले कालीकोटका ४ जना अनाथ बालबालिकाहरुलाई निःशुल्क अध्यापन गराउने घोषणा समेत गरेको छ । न्यानो काख सेवा समाज कालीकोटमा रहेका १२ जना बालबालिकाहरु मध्ये चाजनालाई लोटसमा निःशुल्क पढाइने प्रिन्सिपल सन्तोष पौडेलले हिमालय टाइम्लाई जानकारी दिनुभयो ।

अभिभावक दिवस तथा वार्षिकोत्सवको अबसरमा लोटसलले न्यानो काख सेवा समाजमा रहेका १२ जना अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री समेत प्रदान गरेको बताइएको छ ।

अनाथ तथा साहारा बिहीन बालबालिका पनि शिक्षा आर्जनको अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ ४ जना अनाथ बालबालिकालाई निःशुल्क पढाउने योजना अघि सारेको हौं,’ प्रिन्सिपल पौडेलले भन्नुभयो, ‘अभिभावकले स्कुललाई छोटो समयमा नै गरेको विश्वासले हामी खुसी छौं ।’

यस्तै अनाथ बालबालिकाहरुको सहारा बनिरहेको न्यानो काख सेवा समाजका ४ जना बालबालिकाहरुलाई लोटसले निःशुल्क पढाउने ब्यवस्था गरेपछि सामाजिक अभियान्ता हिक्मतजंग मल्लले धन्यवाद दिनुभएको छ । अनाथ बालबालिकाको बिजोग अवस्था भएपछि आफूले पनि केहीँ समय पहिले सहयोग संकल गरेको र उनिहरुको राम्रो शिक्षा आर्जनका लागि सहयोगी निकायको खोजी गरिरहेको बताउनुभयो ।

न्यानो काखमा रहेका १२ जना मध्ये ४ जनाको लोटसले अध्यापन गराउने भएपछि आफूलाई पनि केही सहज भएको न्यानो काख सेवा समाजका सञ्चालक कल्पना मल्लले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?